Home अर्थ होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा गौतम निर्वाचित

होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा गौतम निर्वाचित

बुटवल १८ फागुन ।
होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित भएका छन । सोमबार भएको निर्वाचनमा निकटम प्रतिद्धन्दी जीवन प्रसाद श्रेष्ठलाई ५५ मतले पराजित गर्दै गौतम अध्यक्ष निर्वाचित भएका हुुन । गौतमले ३४९ मत ल्याए भने, श्रेष्ठले २९४ मत ल्याए ।

त्यस्तैगरी वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम विजयी भएका छन् । बाबुराम गौतमको ३८२ मत ल्याए भने, उनका निकटम प्रतिद्धन्द्धी भीमलाल न्यौपानले २४६ मत मात्र ल्याए ।त्यस्तैगरी प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी ३४३ मत सहित विजयी भएका छन् । भण्डारीका प्रतिद्ध्रन्द्धी मोहनलाल पाण्डेले २९० मत मात्र ल्याए । त्यस्तै द्धियीय उपाध्यक्षमा रोमकान्त पाण्डे विजयी ३३६ मत सहित विजयी भए । उनका प्रतिद्धन्द्धी चिरञ्जीवी पोखरेलले २८३ मत ल्याए ।

त्यस्तैगरी महासचिवमा माधव कुमार खनाल ३९७ मत ल्याएर विजयी भए । खनालका प्रतिद्धन्द्धी प्रेमप्रसाद बञ्जाडेले २३५ मत मात्र ल्याए । सचिवमा अर्जुन थापा निर्विरोध भएका छन । कोषाध्यक्षमा टंक प्रसाद पराजुली ३३२ मत सहित विजयी भए । त्यस्तैगरी सहकोषाध्यक्ष खिमराज पोखरेल निर्विरोध भएका थिए ।

सदस्यहरुमा अर्जुन पोखरेल ३८०, थम्मन भण्डारी ३६०, उमेश सापकोटा ३५९, तुलसीराम पराजुली ३३३, माधव ढकाल ३३३, टंकप्रसाद पोखरेल ३२५, रामबहादुर न्यौपाने ३२१, कृष्ण प्रसाद पाण्डे ३०८, डिल्लीराज अर्याल ३०२, केशवराज कंडेल २९८, खुमराज ज्ञवाली २९३ मत सहित विजयी भएको प्रमुख निर्वाचन आयुक्त यामलाल खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments