Home समाचार केपी शर्मा ओलीसँग एकता नहुने : नेपाल

केपी शर्मा ओलीसँग एकता नहुने : नेपाल

१९ फागुन, काठमाडौं ।
नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकता नहुने बताएका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले ओलीसँग एकता हुन्छ भन्ने अलमलमा नपर्ने बताए । ‘संविधान र लोकतन्त्रमाथि घात गरेर अगाडि बढ्ने, सर्वोच्च अदालतले हराएपछि पनि मेरो कुरा ठीक हो भन्नेसँग एकता हुन्छ भन्ने अलमलमा नपर्नुहोस्’, उनले
एकताको सम्पूर्ण ढोका ओलीले नै बन्द गरिसकेको उनले बताए । ‘एकताको बेलुन उडाउने अनि हामीविरुद्ध निर्णय लिँदै हिँड्ने गरिरहेका छन्’, उनले भने, ‘ओलीसँग एकता सम्भव छैन, तर त्यहाँ रहेका साथीहरु आउँछन् भने कसैलाई भेदभाव गरिँदैन । ओलीको पक्षमा लागेको आधारमा प्रतिशोध लिइँदैन ।’ओलीको पक्षमा लागेकै कारण कोही नेतामाथि भेदभावपूर्ण अभिव्यक्ति नदिन पनि नेपालले केन्द्रीय सदस्यहरुलाई आग्रह गरे । ‘सर्वोच्च अदालतको फैसला आउनु अघि दिइएको अभिव्यक्तिका आधारमा भेदभाव गर्नु हुँदैन’ उनले भने, ‘केपी ओलीसँग चाहिँ हुँदैन, यसमा अलमलमा नपर्नुहोस् ।’
ओली समूहमा कतिपय इमान्दार नेताहरु रहेकाले उनीहरुलाई स्वागत गर्ने अध्यक्ष नेपालले प्रष्ट्याए ।तर, बुधबारकै बैठकले ओली समूहका सातजना नेतालाई कारवाही गरेको छ । पार्टी नीति विपरित गतिविधि गरेको ठहर गर्दै सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई, महेश बस्नेत, कर्ण थापा, प्रभु साह, शान्ता चौधरी र सूर्य थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments