Home खेलकुद ‘प्रथम सूर्योदय कप’ को उपाधि भैरव एफसीलाई

‘प्रथम सूर्योदय कप’ को उपाधि भैरव एफसीलाई

१९ फाल्गुन, कपिलवस्तु
प्रथम सूर्योदय खुल्ला फुटवल प्रतियोगिता’ को उपाधि भैरव एफसी नवलपरासीले जितेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बुङचीस्थित सिद्धार्थ रंगशालामा बुधबार सम्पन्न फाइनल भीडन्तमा आयोजक सूर्योदय सामाजिक विकास संस्थामाथि ५–० को सानदार जित निकल्दै भैरवले उपाधिमाथि कब्जा जमाएको हो । आयोजकको यो हार प्रतियोगिताकै लज्जास्पद हार हो ।
भैरवको जितमा जर्सी नम्बर १७ का क्षितिज जिसी नायक बने । म्या अफ दि म्याच उनले ३ गोल गरी ह्याट्रिक पुरा पनि गरे । उनले पहिलो हाफमा २ दोश्रो हाफमा १ गोल गरेका थिए । यस्तै अर्का खेलाडी जर्सी नम्बर ९ का अनुप गुरुङले पनि २ गोल गरेका थिए ।
सुरुदेखि नै गोल गर्ने प्रयास गरे पनि आयोजकले कुनै बललाई जाली चुमाउन सकेन र निरास हुँदै उपविजेतामा सिमिति हुन पुग्यो । पटकपटक प्रयास गरे पनि सूर्योदयले एकपटक पनि भैरवका रक्षा पङतिलाई तोडेर गोल गर्ने मौका पाएन । उपाधि भीडन्तमा भैरवका गोल किपर प्रदिप भण्डारीले केही उत्कृष्ट प्रहारहरु बचाएका थिए ।
च्याम्पियन भैरवले उपाधिस्वरुप १ लाख १ हजार १ सय ११ रुपौयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पायो भने उपविजेतामा चित्त बुझाउन बाध्य सूर्योदयले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पायो । विजेताहरुलाई प्रमुख अतिथि मंगलप्रसाद थारु, वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, संसथाका अध्यक्ष सरोज सेन लगायतले पुरस्कारले सम्मानित गर्नु भएको थियो । च्याम्पियन भैरवले एक गोल पनि नखाई प्रतियोगिता जित्यो । घरेलु मैदान र हजारौँ दर्शकको फाइदा आयोजकले उठाउन सकेन ।
प्रतियोगिताको उत्कृष्ट कोच भैरवका अंजन क्षेत्री बन्दा उत्कृष्ट खेलाडी भने सूर्योदयका रोशन सेन बने । यस्तै सर्वाधिक गोलकर्ता पनि आयोजककै सुरज हमाल (५ गोल) बने । यसै उत्कृष्ट मिड फिल्डर सुर्योदयका सवि गुरुङ, उत्कृष्ट गोल किपर भैरवका प्रदिप भण्डारी, उत्कउष्ट डिफेण्डर भैरवका केशव दर्लामी बनेका थिए ।
प्रतियोगितामा कपिलवस्तुसहित पाल्पा, रुपन्देही र नवलपरासीका टिम गरी १२ टिमले भाग लिएका थिए । कोरोना महामारीका कारण खेलाडीहरुका प्रतियोगिता रोकिएका र तिनलाई संचालन गरी नयाँ खेलाडी पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष सरोज सेनले बताउनु भयो ।
संस्थाले अझ धेरै धनराशीसहित अर्को बर्ष पनि दोश्रो संस्करण राख्ने घोषणा पनि गरेको छ । यस्तै भेट्रान्सतर्फ हेल्थ क्लव प्रथम हुँदै खसी पायो भने बुधबार नै भएको अर्को मैत्रीपूर्ण खेलमा बाणगंगाको पत्रकार समुह विजयी भयो । पत्रकारले आयोजकमाथि १–० को जित निकालेका थिए । पत्रकारको जितमा अशोक पौडेलले निर्णयक गोल गरे । यो खेलका रमक मृगौला पीडितलाई सहयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments