Home Breaking News सरकार र नेकपा विप्लव समूहबीच बुधबार एकैदिन दुई चरणको वार्ता । वार्ता...

सरकार र नेकपा विप्लव समूहबीच बुधबार एकैदिन दुई चरणको वार्ता । वार्ता सकरात्मक

१९ फागुन, काठमाडौं ।
सरकार र नेकपा विप्लव समूहबीच बुधबार एकैदिन दुई चरणको वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सकरात्मक दिशातर्फ गएको सरकारी पक्षको भनाइ छ । बिहीबार पुनः वार्ता हुने छ ।
विप्लव समूहबाट चाहिँ औपचारिक प्रतिक्रिया आएको छैन । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ‘सरकार र विप्लव समूहबीच धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक रहेको’ भनेका छन् । उनले भनेका छन्, ‘केही विषयमा छलफल जारी छ, छिट्टै सुखद् परिणाम आउने अपेक्षा छ ।’
वार्ता समितिका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले पनि वार्ता सकरात्मक दिशातर्फ उन्मुख भएको बताएका छन् ।प्रधानमन्त्री केपी ओली निकट एक नेताका भनाइमा पनि दोस्रो चरणको वार्ता प्रमुख विषयवस्तुमा प्रवेश गरेको छ । उनले भने, ‘सकारात्मक परिणाम चाँडै आउनेछ ।’
गृहमन्त्री बादलको सचिवालयले विप्लव समूह शान्तिपूर्ण बाटोमा जानेतर्फ लचक देखिएको जनाएको छ । गृहमन्त्री निकट स्रोत भन्छ, ‘समूह शान्तिपूर्ण बाटोमा आउने देखिएको छ, मन्त्रीज्यू उत्साहित हुनुहुन्छ, केही प्राविधिक विषयमा मात्र छलफल हुन बाँकी छ ।’ उनले प्राविधिक विषय भनेको के हो भन्ने नखुलाए पनि उनको संकेत समूहले अघि सारेको राजनीतिक विषयबारे हुनसक्ने अनुमान छ ।


विप्लव समूहतर्फबाट वार्ता समितिका संयोजक भूमिगत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रिय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ले छिट्टै पार्टीतर्फबाट धारणा सार्वजनिक गर्ने तयारी गरेको स्रोतले बतायो । यसैबीच सम्पर्कमा आएका प्रकाण्डनिकट विप्लव समूहका एक नेताले भने वार्तामा पार्टीको राजनीतिक मुद्दाबारे अझै पनि ठोस कुराकानी भइनसकेको बताए ।


‘पार्टीतर्फबाट प्रतिबन्ध फुकुवा गरौं भनियो, हिरासत/कारागारमा रहेका बन्दीलाई छाड्नुपर्ने माग राख्यौं’, उनले अनलाइनखबरसँग भने, ‘सरकारतर्फबाट हतियार बुझाउनुस् भनियो, हामीसँग हतियार नै नभएको जवाफ दियौं ।’पार्टीले अघि सारेको वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबारे जनमत संग्रह गर्नुपर्ने मागबारे खासै कुरा नभएको उनी बताउँछन् । त्यसको विकल्पमा हाललाई ‘राष्ट्रिय स्वाधिनता र जनताका जनजीविकाको विषयमा सरकार–विद्रोही दुवै पक्षको भिजन जनतामा लैजाउँ र संयुक्त सरकारबाट अघि बढौं’ भन्ने प्रस्ताव राखिएको ती नेताको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments