Home विदेश म्यानमारमा सुरक्षाफौजको गोली लागेर ३८ जनाको मृत्यु

म्यानमारमा सुरक्षाफौजको गोली लागेर ३८ जनाको मृत्यु

काठमाडौं :

 म्यानमारमा लोकतन्त्रमाथि कू गरेको सैनिक शासक क्रुर बन्दै गएको छ। प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबारमात्रै ३८ जनाको ज्यान गएको छ।  सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यानमारमा लगातार प्रदर्शन जारी छ। म्यानमारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो।

म्यानमारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ र बेलायतले शुक्रबारको बैठकमा राष्ट्रसंघ सुरक्षा परिषदको बैठक पनि डाकेको छ। पश्चिमा मुलुकहरुले म्यानमारका सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन्।

एक चिकित्सकले नाम नबताउने शर्तमा मारिएका एक व्यक्तिको टाउकामा गोली लागेको बताएका छन्। देशको मिङ्यान शहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेको थियो।

सैनिकले सत्ता कब्जा गरेपछि  गत आइतबार भएको रक्तपातमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो। देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments