Home जिल्ला समाचार कपिलवस्तु सामुदायिक अस्पतालको तेश्रो साधारण सभा

कपिलवस्तु सामुदायिक अस्पतालको तेश्रो साधारण सभा

कपिलवस्तु २२ फागुन ।
कपिलवस्तुको वाणगंगा नगरपालिका चार नम्बर स्थित कपिलवस्तु सामुदायिक अस्पतालको तेश्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । २०६४ सालमा महायज्ञ संचालन गरी सामुदायिक अस्पताल संचालन गर्ने उद्देश्यले शुरु गरिएको कपिलवस्तु समुदायिक अस्पताल विकास समितिको तेश्रो साधारण सभाले अस्पताललाई सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गरेको छ


साधारण सभामा अस्पतालमा १० लाख बढि दान दिने व्यक्तिलाई सम्मान गरिएको छ । सवैभन्दा बढि आर्थिक सहयोग गर्नुहुने अस्पतालका संरक्षक मोहन अधिकारीको परिवारलाई सम्मान गरिएको छ ।

त्यस्तै अस्पतालका संस्थापक अध्यक्ष स्वर्गीय शेरबहादुर क्षेत्री, संस्थापक महासचिव स्वर्गीय विष्णु पौडेल, संस्थापक कोषाध्यक्ष रामबहादुर रास्कोटीको परिवारलाई पनि सोही अवसरमा सम्मान गरिएको छ । अस्पतालको भौतिक पूर्वाधारमा सहयोग पु¥याउने जिल्ला समन्वय समिति, स्थानीय संघसंस्था तथा अस्पतालका कार्यवाहक अध्यक्ष शंकर पाण्डेलाई सम्मान गरिएको छ ।


१५ सैयाको सामुदायिक अस्पतालले बार्षिक ४० हजार व्यक्तिलाई स्वास्थ्य सेवा दिएको बताइएको छ । अस्पतालमा छिमेकी जिल्ला अर्घाखाँची, दाङ्ग, प्युठान, छिमेकी राष्ट्र भारतबाट स्वास्थ्य सेवा लिन आउने गरेको अस्पतालका महासचिव पोमनारायण पौडेलले जानकारी दिए । कोषाध्यक्ष रबी बहादुर काफलेले अस्पतालको गत आ.ब.को ३० करोड बराबरको बार्षिक आयव्यव प्रस्तुत गरेका थिए ।


साधारण सभाका प्रमुख अतिथी पूर्व मन्त्री दिपकुमार उपाध्यायले स्वास्थ्यमा सुधार गर्न पर्याप्त लगानी हुन आवश्यक भएको बताएका छन् । उनले सामाजिक रुपान्तरणको लागि शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउदै स्थानीय सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका उपाध्यायले स्वास्थ्य विमा सवैले गर्नुपर्ने भन्दै सरकारी स्वास्थ्य सेवाको लाभ लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष रामजी सेनले अस्पतालबाट दिइने स्वास्थ्य सेवामा विस्तार गरेर प्रदेशमै नमुना सामुदायिक अस्पतालको रुपमा विकास गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments