Home समाचार प्रधानमन्त्रीमा कांग्रेसको दाबी छैन-देउवा, पौडेल र शेखर

प्रधानमन्त्रीमा कांग्रेसको दाबी छैन-देउवा, पौडेल र शेखर

काठमाडौं :

 कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्रीको दाबी नगरेको बताएका छन्।

शनिबार बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभापति देउवाले विपक्षी दलको नेता भावी प्रधानमन्त्री भएपनि आफू प्रधानमन्त्रीको लागि तयार नभएको बताउएका हुन।

महाधिवेशन नजिकिएको भन्दै उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको औँल्याए। उनले भने,  ‘मैले प्रधानमन्त्रीको लागि तयार भएको होइन तर विपक्षी दलको नेता भनेको वेटिङ प्राइमिनिस्टर हो। विपक्षी दलको नेता भनेकै अल्टरनेटिभ प्राइमिनिस्टर हो। मैले प्राइमिनिस्टर खान्छु भनेकै छैन। अहिले पार्टीलाई एक गर्दै लानुपर्ने आवश्यकता छ। महाधिवेशन आइसकेको छ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताएका छन्। संसदीय प्रणालीको संरक्षक आफूहरू भएको र संसदीय प्रणालीमा आउनु अवरोध आफूहरूको असफलता हुने भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले अरु आंकाक्षा नराखी संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रित हुनुपर्नेमा जोड दिए।

संसदीय व्यवस्थालाई क्षति पुर्‍याउने काम आफूहरूले गर्नु नहुने उनको भनाइ छ। उनले भने, ‘संसदीय प्रणालीको संरक्षक हामी नै हौँ। संसदीय प्रणालीमा कुनै अवरोध आयो भने त्यो असफलता हाम्रो असफलता हो। त्यसकारण त्यो कुरा बुझेर हामीले संसदीय प्रणालीको डेडलकलाई हटाउने मात्रै कुरामा आफूलाई केन्द्रित गरौँ।’

साथै उनले अहिले संसदबाट कांग्रेसले नै राजनीतिक गाँठो फुकाउन सक्नुपर्नेमा उनको जोड थियो। ‘कम्युनिष्ट फेल भइसकेका छन्। संसदीय व्यवस्थाविरुद्ध हतियार उठाउनेहरु एक-एक गरेर असफल भएका छन्। तर, संसदीय व्यवस्थालाई क्षति पुर्‍याउने काम हामीले नगरौँ’उनले भने।

त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने धारणा व्‍यक्त गरे। नेकपा हालसम्म विभाजन नभएको भन्दै नेकपा विभाजन नभई कुनै कदम चालिए अप्ठ्यारो परिस्थिति सिर्जना हुनेतर्फ उनले सचेत गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments