Home स्वास्थ्य प्रधानमन्त्रीले भोलि कोरोना खोप लगाउने

प्रधानमन्त्रीले भोलि कोरोना खोप लगाउने

 फागुन २२, काठमाण्डाै

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना भाइरसविरुद्धको खोप लगाउनुहुने भएको छ । प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजे खोप लगाएर दोश्रो चरणको खोप अभियान शुरुवात गर्नुहुने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

भोलिदेखि शुरु हुने दोश्रो चरणको खोप अभियान अन्तर्गत देशभरका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइदैछ ।  १५ वटा हिमाली जिल्लामा भने ५५ वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई पनि भोलिदेखि नै खोप लगाइने छ । 

भोलिदेखी लगाइने खोप पनि नेपालमा यस अघि प्रयोग भैरहेको भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । यसैबीच विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा भोलि तीन लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ ।

काठमाण्डौमा भएको खोप सम्बन्धी अन्तरक्रियामा स्वास्थ्यमन्त्री त्रिपाठीले कोभ्याक्स सुविधा अन्तर्गतको पहिलो चरणमा भोलि कोरोना खोप नेपाल आइपुग्ने जनाकारी दिनुभएको हो ।  कोभ्याक्स सुविधा अन्तर्गत आउने खोप पनि कोभिशिल्ड खोप नै हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments