Home खेलकुद रोटरी हाफ म्याराथन सम्पन्न

रोटरी हाफ म्याराथन सम्पन्न

२२ फागुन, रुपन्देही
रुपन्देहीमा भएको खुल्ला हाफ म्याराथनको उपाधि भारतिय सेनाका अनिश थापाले जितेका छन्। बुटवल देखि भैरहवा २१ दशमलव १ किलोमिटर दुरीको खुल्ला हाफ म्याराथनमा थापाले एक घण्टा ६ मिनेट ३९ सेकेण्डमा दुरी तय गरी विजेता बनेका हुन। पर्वतका थापा हाल गोर्खा राइफल्समा कार्यरत छन, विदाको समयमा नेपाल आएका उनी हाप म्याराथनमा सहभागी भएका थिए।


यस्तै भारतीय सेना गोर्खा राईफल्समा कार्यरत पाँचथरका दिपक सुवाङ १ घण्टा, ८ मिनेट २५ सेकेण्डमा दौड पुरा गरी उपविजेता भएका छन्। १ घण्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार सशस्त्र प्रहरी बलमा कार्यरत कैलालीका किरण सिंह बोगटी तेस्रो भएका छन्। म्याराथनका विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार रुपैया प्राप्त गरेका छन्

यस्तै महिला तर्फ नेपाली सेना ५ नंम्बर बाहिनी कपिलवस्तुकी भावना शाहीले १ घण्टा ३८ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पूरा गरी विजेता बनेकी छन्। नेपाली सेना गोरखदल पाल्पाकी मिनिशा थापाले १ घण्टा ४२ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै उपविजेता र खुला रुपमा बर्दियाकी कल्पना थारुले १ घण्टा ४३ मिनेट ४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन्। महिला तर्फका विजेतालाई नगद २० हजार उप विजेताले १५ हजार तथा तेस्रो स्थानमा आउनेलाई १० हजार रुपैयाले पुरस्कृत गरिएको थियो।

रोटरी क्लब अफ भैरहवाको आयोजना, मारुती फुडपार्क, काठमाण्डौ गेट प्रिमियर बासमती राईसको मुख्य प्रायोजन र नेपाल अम्बुजा सिमेन्टको सहप्रायोजनमा भएको म्याराथनमा इङलेण्डका एक जना खेलाडी सहित १ सय १६ जना धावकहरुको सहभागिता रहेको थियो । जस मध्ये ५ जना महिला सहभागी भएका थिए।

बुटवलको पुष्पलाल पार्कबाट शुरु भएको म्याराथन सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन भएको थियो। प्रतियोगिताको उद्घाटन रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले र समापन रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments