Home खेलकुद लुम्बिनी खुकुरी क्लब रुपन्देही सुपर लिग क्रिकेटको सेमिफाइनलमा

लुम्बिनी खुकुरी क्लब रुपन्देही सुपर लिग क्रिकेटको सेमिफाइनलमा

लुम्बिनी खुकुरी क्लब रुपन्देही सुपर लिग क्रिकेटको सेमिफाइनलमा प्रबेश गरेको छ ।

समूह ‘डी’ अन्तरगत आज भएको खेलमा सैनामैना क्रिकेट क्लबलाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह बिजेता बनेको हो । लगातार दोस्रो खेलमा हार ब्यहोरेपछि सैनामैना डिभिजन ‘बी’ मा घटुवा भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी खुकुरीले ४४ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक सय ८० रन बनायो । प्रज्वल थापाले ५१, एजाज आलमले ३४ र सविन शाक्यले ३० रन जोडे ।

सैनामैनाका बसन्त खड्काले पाँच विकेट लिए । जवाफी ब्याटिङमा आएको सैनामैना ६६ रन मै समेटियो । २२ रन हुँदा पहिलो विकेट गुमाएको सैनामैना २९ रनमा चार विकेटको अवस्थामा थियो । त्यसपछि पनि कुनै खेलाडीले राम्रो साझेदारी गर्न सकेनन् र २५ ओभर तीन बलमा ६६ रनमा सबै विकेट गुमायो । उसकालागि बसन्त थापाले सर्वाधिक १८ रन बनाए । सैनामैनालाई सस्तैमा रोक्न उत्कृष्ट बलिङ गर्दै अजय रोनियाले सात विकेट लिए । उनी म्यान अफ दी म्याच घोषित भए । भोली समूह ‘सी’ बाट एक्सपट जिआर र वेष्टन क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments