Home जिल्ला समाचार सरुवा रोग अस्पताल र आरोग्य सेवा केन्द्रको उद्घाटन

सरुवा रोग अस्पताल र आरोग्य सेवा केन्द्रको उद्घाटन

कपिलवस्तु २१ फागुन ।

कपिलवस्तुको चन्द्रौटामा रहेका दुई उपचार केन्द्रको उदघाटन भएको छ । कोरोना महामारीको समयमा कोरोना अस्पतालको रुपमा निर्माण गरिएको आइसुुलेसन सेन्टरलाई आधारभुत स्वास्थ्य सेवा अस्पाताल परिणत गरि उद्घाटन गरिएको छ । त्यस्तै सोहि अस्पतालसँग सटेको नागरिक आरोग्य सेवा केन्द्रको  पनि उद्घाटन भएको छ ।

उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्य सेवामा पहुत पर्याउनका लागि अस्पातल निर्माण गरिएको बताउनु भयो । यहाँको नागरिक सदैव स्वास्थ्य सेवाबाट बन्चित हुदै आएकोले लुम्बिनी प्रदेश सरकारको सहयोगले अस्पाताल निर्माण गरी स्वास्थ्य सेवा प्रवाह गरिने प्रदेश सभा सदस्य केसीले बताउनु भयो । अवको केहि समयमा प्रदेशस्तरी सरुवा रोग निर्माण हुने भएकोले अब यहाँका नागरिकहरुलाई सहज हुने बताउनुुभयो ।

कोभिड १९ कोरोना आइसोलेशन अस्पातालको रुपमा निर्माण गरिएको उक्त भवनलाई आधारभुत स्वास्थ्य सेवाको रुपमा विकास गरीएको शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । दुवै अस्पाताल एकै स्थानमा भएकोले नागरिकहरुलाई सेवा प्वाह गर्न दक्ष डाक्टरको व्यवस्था गरिएको नगरप्रमुख अधिकारीले बताउनु भयो ।  

नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुविधा विस्तार गर्दै लैजाने नगर प्रमुख अधिकारीले प्रतिबद्धता व्यक्त गर्नु भयो ।  शिवराज नगरपालिका चन्द्रौटामा रहेको नल्कुपको क्षेत्रमा ७६ लाख भन्दा बढीको लागतमा अस्पातालको निर्माण गरिएकाहो ।  आधारभुत स्वास्थ्य सेवा अस्पाताल र नागरिक आरोग्य सेवा केन्दमा आकास्मित सेवा २४ सै घण्टा सञ्चालनको तयारी रहेको शिवराज नगरपालिकाले जनाएको छ । उक्त अस्पातालमा  १ जना मेडिकल अफिसर, ३ जना स्टाप नर्स, १ जना परामिडिक्स र १ जना ल्याब टेक्नीसियनले सेवा दिनेछन । त्यस्तै  नागरिक आरोग्य केन्द्रमा १ जना मेडिकल अफिसर रहेका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments