Home जिल्ला समाचार अन्तराष्ट्रिय महिला दिवसको अबसरमा लुम्बिनी प्रदेशमा बिभिन्न कार्यक्रम

अन्तराष्ट्रिय महिला दिवसको अबसरमा लुम्बिनी प्रदेशमा बिभिन्न कार्यक्रम

कपिलवस्तु,२४ फागुन
१११ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयले बिभिन्न कार्यक्रम गरी मनाएको छ । महिला सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ मनाइएको दिवसमा प्रदेशका महिलाहरुलाई केन्द्रित गरी बिभिन्न सृजनात्मक तथा प्रतिभामुलक गरिएको छ ।कार्यक्रममा निवन्ध प्रतियोगितामा सहभागि तथा प्रदेश मातहतमा रहेका महिलाहरुबाट सञ्चालित सहकारीहरुलाई नगद सहित पुरस्कृत र सम्मान गरिएको थियो।


कार्यक्रममा सहभागि वक्ताले महिलाहरुको अधिकार कागजमा लेख्ने मात्र नभई व्यहारमा कार्यान्व्यन हुनु पर्नेमा जोड दिदै आफना धारणहरु यसरी ब्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समाजिक बिकास मन्त्रालयका मन्त्री सुदर्शन बरालले महिलाहरुको बिकास हुनु भनेको सिगो देशको बिकास ह्ुने भएकाले महिललाई हरेक क्षेत्रमा अगाडि बढाउनु पर्ने बताउनुभयो।


दिवसको अबसरमा कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै सामाजिक बिकास मन्त्रालयका महिला बिकास अधिकृत शान्ता बस्यालले कार्यक्रममा बाल्दै अहिलेको सविधानले महिलाहरुलाई अधिकार सम्पन्न बनाए पनि ब्यवहारिक कार्यान्वयनमा जोड दिनु पर्ने बताउनु भयो ।

सम्बन्धित समाचारहरु
श्रम गरे अनुसार पुरुष र महिलाको पारिश्रीमक बराबर दिनु पर्छ ः नेता घिमिरे
पार्वती पाण्डे

कपिलवस्तु २४ फागुन
राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले महिलाले गर्ने कामको अर्थमा गणना गर्नु पर्ने बताउनु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका नेता घिमिरेले अनेमसंघ जिल्ला समिति कपिलवस्तुले आज गोरुसिंगेमा राखेको १ सय ११ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा राखिएको अन्तरसंबाद कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै नेता घिमिरेले महिलाले गर्ने काम र जिम्मेवारी धैरै भएको तर पारिश्रमिक कम अनि घरमा गर्ने कामको अर्थमा मुल्यांकन नहुदा महिला माथि विभिन्न हिंसा हुने गरेको बताउनु भएको छ ।

उहाँले अगाडि भन्नु भयो , महिलाको नेतृत्व सम्म सहभागिता हुनु पर्ने जनाउदै यसका लागि महिलाहरु शसक्त हुनु पर्ने बताउनु भयो । अब आउने स्थानिय तहको निर्वाचनमा प्रमुख पदमा आउने गरि महिलाहरुले नेतृत्व विकास गर्नु पर्ने जनाउनु भयो ।


कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य वलराम अधिकारीले महिलाहरु अधिकारका लागि आफै शसक्त हुनु पर्ने बताउनु भयो । पाटीले महिलाहरुलाई अवसर दिने छ , तर महिलाहरुले नेतृत्व विकास गर्दै अगाडि बढ्नु पर्दछ , उहाँले भन्नु भयो । बर्तमान अवस्थामा सरकारले गरेका राम्रा कामहरु लिएर जनतालाई वुझाउनु पर्ने बेला आएको नेता अधिकारीले बताउनु भयो ।

जनताको मन जितेर अब आउने चुनावमा नेकपा एमाले पहिलो स्थान हासिल गर्ने समेत उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक झविलाल पोख्रेलले महिलाहरुलाई पाटीले अगाडि बढाएको चर्चा गर्नु भयो । पाटी नेतृत्वमा ल्याउन पहल गर्दा गर्दै पनि नसकेको उहाँलेबताउनु भयो । महिलाहरु सक्रिय रुपमा राजनितिमा आउन समेत उहाँले आग्रह गर्नु भयो ।


कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य एव. भुमि व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बास्तविक सुकुम्बासीको पहिचानका आधारमा लालपुर्जा बितरण गरिने बताउनु भयो । कार्यक्रममा पाटीका केन्द्रीय सदस्य एवं जिल्ला सहसंयोजक डम्मर शर्माले हरेक आन्दोलनमा धैरै जिम्मेवारीका साथ महिलाले काम गरेको भन्दै महिलाहरुको योगदानलाई सधै कदर गर्नु पर्ने बताउनु भयो ।


संघका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक शारदा शर्माको अध्यक्षता ,संघका केन्द्रीय सदस्य शुसिला दर्लामीको स्वागत एवं संघका प्रदेश सदस्य एवं जिल्ला सचिव चेतना अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्यहरु शान्तिदेवी चमार , सुर्यकुमारी शाहि , रिता चौधरी , शिवकुमारी थारु प्रेस चौतारीका केन्द्रीय सदस्य पार्वती पाण्डे लगायतले महिलाको अधिकारका बारेमा चर्चा गर्नु भएको थियो ।

महिलाले गरेको श्रमको मूल्य राष्ट्रिय आयसंग जोडिनु पर्छ ः राष्ट्रिय सभा सदस्य घिमिरे
सरिता थारु, फाल्गुण २४

राष्ट्रिय सभा सदस्य विमला घिमिरेले महिलाहरुले श्रम गरेबापत उचित ज्याला तथा सम्मान पाउनुपर्ने बताउनुभएको छ । उहाले महिलाले दैनिक १८ घण्टा काम गरेपनि कुनैपनि मुल्याकन नभएको बताउदै महिलाले गरेको श्रमको मूल्य राष्ट्रिय आयसंग जोडिनुपर्ने बताउनुभयो । उहाले नारी दिवसको अवसरमा वाणगंगा नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । यस्तै उहाले संबिधानमा महिलाका लागि थुप्रै हक अधिकारहरुलाई सम्बोधन गरेपनि कार्यन्वयन भने हुन नसकेको भन्दै सबिधानको कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथीको रुपमा बोल्दै जिल्ला समन्वय समिती उपसंयोजक तारावती चौधरीले महिलाहरु विभिन्न तह तप्कामा पुगेपनि निर्णयक तहमा अझै पुग्न नसकेको बताउनुभयो । उहाले महिलाहरुलाई निर्णयक तहमा पुर्याउनका लागि महिलाहरुको क्षमतालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाले पछिल्लो समय हत्या हिंसा बलत्कार जस्ता जघन्य किसिमका हिंसाहरु बढ्दै गएको भन्दै न्युनिकरणका लागि स्थानिय सरकार कहां चुक्यो भनि प्रश्न समेत गर्नुभयो ।
यस्तै कार्यक्रममा बाणगंगा नगरपालिका प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल, सामाजिक विकास समिती संयोजक तथा वडा नं.५ का वडा अध्यक्ष भिष्मराज भुषालले बोल्दै महिला शसक्तिकरणका लागि बाणगंगा नगरपालिकाले विभिन्न किसिमका सिपमुलक तालिम, अन्तरक्रिया गोष्ठीहरु संचालन गर्दै आईरहेको बताउनुभयो ।


यस्तै कार्यक्रममासामाजिक विकास डिभिजन कार्यालयका सचिव नरेन्द्र बेल्बासे, कपिलबस्तु नागरिक समाज तथा मानवअधिकार रक्षक संजालका जिल्ला संयोजक दोलकराम पछाई, अपांग उत्थान समाजका अध्यक्ष कमल ढुंगाना लगाएतले बोल्दै महिलाहरु ऋार्थिक रुपमा शसक्त नहुदा सम्म हिंसा भोग्न बाध्य हुनुपर्ने बताउदै अब महिलाहरु ऋार्थिक, सामाजिक र राजनितीक क्षेत्रमा पनि बलियो हुनुपर्ने औल्याउनुभएको थियो ।


कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधि, महिला अगुवा, लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम वडा नं.१ का वडा अध्यक्ष बालकुमारी पन्थको स्वागत मन्तव्य , नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता, राष्टीय सभा सदस्य विमला घिमिरेको प्रमुख आतिथ्यता तथा बालबालिका तथा महिला शाखा प्रमुख शुशिला पन्थको संचालनमा सम्पन्न भएको हो ।


साथै कार्यक्रमको अवसरमा नगरपालिकाले अयोजना गरेको कुर्ची दौड, बेलु फोड र चम्चा दौडमा प्रथम द्धतिय र तृतिय स्थान हांसिल गर्ने विभिन्न महिलाहरुलाई नगर तथा प्रमाण पत्रले पुरस्कृत समेत गरिएको थियो ।

शुद्धोधन १ बग्दीमा पनि नारी दिवस कार्यक्रम।।
ओम प्रकाश पौडेल, कपिलवस्तु, २४ फागुन ।।

१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुद्धोदन गाउपालिका वडा नं १ बग्दी कपिलवस्तुमा चेतनशील आमा समुहद्धारा अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रम चेतनशील आमा समुहकी अध्यक्ष सरिता न्यौपानेको अध्यक्षयता, वडा नं १ की वडा सदस्य मिना ठकिरको प्रमुख आतिथ्यता मन्दिर निर्माण समितिका अध्यक्ष भोला प्रसाद न्यौपाने, प्रहरी पोष्ट ईन्चार्ज रामु पौडेल लगायतको आतिथ्यता तथा लिला खनालको सन्चालनमा सम्पन्न भएको थियोे।
सो कार्यक्रममा ८४ बर्ष पुगेका वृद्धवृद्धा दिलकुमारी खनाल ,नैना भण्डारी र गणपति भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको आयोजकले जनाएको छ ।

महिला संघले मनायो १११ औं अन्तर्राष्ट्रिय नारी दिवस
मणि प्रसाद गैेह्रे, कपिलवस्तु, २४ फागुन

वसको अवसरमा नेपाल महिला संघ कपिलवस्तुले तौलिहवामा अन्र्तरक्रिया कार्यक्रम गरि मनाएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित यो दिवस मनाइएको हो । लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गरिएको हो । नेपालको संविधानमा मौलिक हक अन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।


तौलिहवा स्थित नेपाली कागे्रंसको पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा वोल्दै नेपाली कागे्रंसका नेता एवं पुर्व मन्त्री दिप कुमार उपाध्यायले राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गरिएको हुंदा महिलाहरुले उत्त अवसर पाउन सक्ने क्षमता विकास गर्नुपर्ने बताए । समुदाय स्तरमा जनचेतना फैलाई महिलाहरुले हक अधिकार लिन सक्ने काम महिला संघले गर्नुपर्ने बताए ।

कार्यक्रममा महिला संघकी केन्द्रिय सदस्य इन्द्रिरा भट्राई प्रदेश सभा सदस्य रिना नेपाल,रुन्दावती दुवे, शान्तिदेवी सुनार, शिक्षक महासंघकी अध्यक्ष दिना सुवेदी, महिला नेतृ रेखा पौडेल , नेपाली कागे्रंसका प्रचार विभाग सदस्य वजिह अरसद ,जिल्ला सदस्य परमेश्वर पाठक, टेड् युनियकी वालकुमारी अधिकारी , श्रमीक संघकी विमला गैरे , ,चोपकला विसी,सिता न्यौपाने, लगायतले नारि दिवसको बारेमा वोलेका थिए । नेपाल महिला संघकी जिल्ला सभापति मिना केसीको अध्यक्षता र सचिव गौरा अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments