Home जिल्ला समाचार आफ्ना कुरा निर्धक्क राख्न सक्ने बनाउन उद्घोषण तालिमले महत्वपूर्ण भूमिका खेल्ने उपमेयर

आफ्ना कुरा निर्धक्क राख्न सक्ने बनाउन उद्घोषण तालिमले महत्वपूर्ण भूमिका खेल्ने उपमेयर

ओम प्रकाश पौडेल ।
कपिलवस्तु । २४ फागुन

वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले व्यक्तित्व विकासका लागि आफ्ना कुरा निर्धक्क राख्न सक्ने बनाउनका लागि उद्घोषण तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर २ को आयोजनामा आइतबार देखि नन्दनगरमा सुरु भएको एक हप्ते उद्घोषण तालिमलाई सम्बोधन गर्दै उपमेयर अर्यालले भन्नुभयो “अहिलेको अवस्थामा आफूले गरेको कुराहरु आफूले व्यक्त गर्न नसकेमा प्रभावहिन हुने भएकोले उद्घोषण कला अपरिहार्य छ । सोहि कारणले महिलाहरुको क्षमता विकासमा यस तालिमले महत्वपूर्ण उपलब्धी प्राप्त हुनेछ” ।


नन्दनगरका महिलाहरुको समाजलाई परिवर्तन गरि सभ्य समाज निर्माण गर्ने सक्रियता देखेका कारण आफूले विशेष ध्यान दिएको समेत उहाँले बताउनुभयो ।
वडाध्यक्ष विष्णु पौडेलले यस स्थानको विकासमा नेतृत्व गर्ने महिला नेतृ उत्पादन गर्न तालिम सफल हुने बताउनुभयो ।


समृद्धि नारी जागृति समूह नन्दनगर कपिलवस्तुको समन्वयमा सुरु भएको तालिममा महिलाहरुमा बोल्ने कलाको विकास गरि नेतृत्व विकास गर्नका लािग आज देखि सुरु भएको तालिम यहि फागुन २९ गते सम्म सञ्चालन भएको आयोजकले जनाएको छ ।


तालिम कार्र्यक्रम वाणगंगा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विष्णु पौडेलको अध्यक्षता बाणगंगा नगरपालिकाका उप प्रमुख उपमेयर चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता, मनकामना सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष अमित पौडेल, कैलाश आश्रम शहकारीका अध्यक्ष खुमलाल शर्मा बञ्जाडे, समाज सेवि धनराज रेग्मी लगायतको अतिथ्यता समृद्धि जागृति महिला समूह नन्दनगरका अध्यक्ष विमला पौडेलको स्वागत तथा समृद्धि नारी जागृति समूहका सचिव सन्तोषी कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments