Home विदेश इक्वेटोरियल गिनीमा श्रृंखलावद्ध विस्फोट, १७ जनाको मृत्यु

इक्वेटोरियल गिनीमा श्रृंखलावद्ध विस्फोट, १७ जनाको मृत्यु

२४ फागुन ।

मध्य–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा लगातार भएको बम विस्फोटमा १७ जनाको मृत्यु भएको छ। सयौं मानिसहरू घाइते भएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आइतबार बाटा शहर नजिकै एक सैनिक ब्यारेकनेर श्रृंखलावद्ध बिस्फोट भएको थियो। विस्फोटमा परी ४२० जना घाइते भएका बीबीसीमा उल्लेख छ।
गिनीका राष्ट्रपतिले ब्यारेकमा राखिएको डायनामाइटको भण्डारण लापरवाहीपूर्वक गरिएका कारण विस्फोट भएको बताए
दुर्घटना पश्चात सामाजिक सञ्जालमा केही तस्वीरहरू सार्वजनिक भएका छन्, जहाँ शहरमाथि धुवाँ नै धुवाँ देखिन्छ। त्यहाँको सरकारी टेलिभिजनबाट केही फूटेज सार्वजनिक भएका छन्। ती फूटेजमा मानिसहरूको ज्यान गइरहेको र घाइतेहरूले सहयोग माग्दै चिच्याइरहेको देखिएको छ।
सरकारले ट्वीट गर्दै घाइतेहरूलाई अस्पताल पु¥याउन स्वास्थ्य कार्यकर्ताहरूलाई आग्रह गरिरहेको छ। साथै, घाइतेहरूको उपचार गर्न आवश्यक रक्तदान गर्न पनि आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments