Home जिल्ला समाचार बुद्दभुमीमा अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

बुद्दभुमीमा अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

कपिलवस्तु २४ फागुन ।

  सन १८८९ मा क्लारा जेटकिनले महिला र पुरुषको समान अधिकारको लागि क्लारा जेट्किनले  आवाज उठाएपछी १९१० मार्च ८ मा डेनमार्कको कोपनहेगमा १७ देशका एकसय बढी महिलाले दोस्रो महिला सम्मेलन गरेका थिए  । सम्मेलनको निर्णय अनुसार सन १९११ मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक  महिला दिवस मनाउन थालिएको हो  । सोही अनुरुप महिलाको सुरक्षा , सम्मान र रोजगार सम्वृद्द नेपालको आधार भन्ने मुल नाराका साथ १ सय ११ अन्तर्राष्ट्रिय महिला दिवस आज विभिन्न कार्यक्रम गरि मनाईएको छ । बुद्दभुमी नगरपालिकाले पनि भव्यताका साथ दिवस मनाएको छ । विभिन्न नारा सहितका  पम्पलेट, व्यानर सहित बुड्डि चोकबाट सुरुभएको र्याली नगरपालिकाको सभाहलमा गएर सभामा परिणत भएको थियो । 

बुद्दभुमी नगरपालिका नगरउपप्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख अथितिको आशनबाट बोल्दै  लुम्बिनी प्रदेश सभा सदस्य माला गोतामेले  महिलाले हिंसा सहेर बस्न नहुने बताउनुभएको छ । उहाँले अवसरको खोजी गर्दै क्षमता प्रदशन गर्न समेत महिलालाई आग्रह गर्नुभएको थियो  ।  प्रमुख प्रशाशकिय अधिकृत अनिल पौडेल, प्रशासकिय अधिकृत राजन पोख्रेल, विभिन्न वर्डाका अध्यक्ष , विभिन्न शाखाका प्रतिनिधि लगायतले महिला हक हितमा बोल्नु भएको थियो । बुद्दभुमी नगरपालिका सामाजिक विकास शाखाको आयोजना र किर्डाक नेपाल , इलाका प्रहरी कार्यालय गोरुसिङेको सहयोगमा सम्पन्न कार्यक्रममा ५ सय बढिको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments