Home प्रदेश समाचार ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमति शंकाको घेरामा

‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमति शंकाको घेरामा

बुटवल २४ फागुन।
मानवअधिकार तथा शान्ति समाजका नवनिर्वाचित सभापति गोविन्द खनालले सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको तीनबुँदे सहमति शंकाको घेरामा रहेको बताएका छन् ।

बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सभापति खनालले उक्त सहमतिमा हतियार व्यवस्थापनबारे कुनै उल्लेख नहुँदा नागरिक सशंकित भएको बताए । सरकार र विप्लव समूह दुवैले एकअर्कालाई रणनैतिक रुपमा प्रयोग गर्न खोजेको हुनसक्ने खनालको दाबी छ ।


‘विप्लवसँग भएको सहमति स्वागतयोग्य भएपनि हतियारको कुरा उल्लेख छैन,’ खनालले भने, ‘हतारमा भएको वार्ता सहमति शंकाको घेरामा छ, हतियारको विषयमा स्पष्ट नहुँदा डरलाग्दो अवस्था आउन सक्छ ।’सभापति खनालले हिंसाको राजनीतिको भविष्य नभएकाले विप्लव समूह सहमतिमा आउन बाध्य भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले बचाएपनि आइतबारको फैसलाले भने मुलुकलाई थप अन्योल र जटिलतामा पु¥याएको खनालले टिप्पणी गरे ।लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकार कमजोर बनाउन हुने जुनसुकै प्रयासविरुद्ध शान्ति समाज उभिने र त्यस्ता प्रयास असफल बनाउने उनको भनाइ छ । वर्तमान सरकारले संघीयताको प्रभावकारी कार्यान्वयन गर्न नसकेको खनालले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments