Home खेलकुद होराइजन सेमिफाइनलमा प्रबेश ।।

होराइजन सेमिफाइनलमा प्रबेश ।।

शुशिला कँडेल, कपिलवस्तु २४ फागुन ।
होराइजन क्रिकेट क्लब रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।


समूह ‘सी’ अन्तरगत भएको खेलमा होराइजनले तिलोत्तमा क्रिकेट क्लबलाई ७४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले ५० ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रन बनायो । मनिष थापाले ५०, गोबिन्द केसीले २४, अमर मिश्राले २३ र रुपेश बस्यालले २१ रन जोडे ।


तिलोत्तमाका कृष्ण भुषालले चार र सन्देश जिसीले दुई विकेट लिए । जवाफी ब्याटिङ गर्न आएको तिलोत्तमाले २२ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटियो ।

उसकालागि भुवन गैरेले सर्वाधिक २३ रन बनाए । बलिङमा होराइजनका शक्ति गौचन, सुमित पराजुली, तुल बहादुर थापा र पुरुसोत्तम भट्टराईले दुई÷दुई विकेट लिए । पहिलो सेमिफाइनल २६ गते होराइजन र बुद्ध क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments