Home Breaking News भोलि (बुधबार) बस्ने संसद् बैठकको कार्यसूची सार्वजनिक

भोलि (बुधबार) बस्ने संसद् बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं : 

संसद् सचिवालयले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। दिउसो १ बजेका लागि तोकिएको बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ।

संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमका अनुसार बैठकमा प्रतिनिधिसभाका वर्तमान र पूर्व सदस्यको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७’ ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेश गर्ने कार्यसूची छ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’ पेश गर्ने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७’ ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७’ पेश गर्ने कार्यसूची छ।

यसअघि आइतबारको बैठकमा सभामुखले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेश गर्न अनुमति दिए पनि कांग्रेसले नाराबाजी गर्दा वैठक स्थगित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments