Home जिल्ला समाचार बुद्धभूमि नगरपालिका वडा नम्बर ३ कपिलवस्तुले विकासमा फड्को मार्दै ।।

बुद्धभूमि नगरपालिका वडा नम्बर ३ कपिलवस्तुले विकासमा फड्को मार्दै ।।

चालु आर्थिक वर्षका योजनाको ७५ प्रतिशत कार्यान्वयन ।।
ओम प्रकाश पौडेल ।

कपिलवस्तु । २ चैत्र ।


भौगोलिक रुपले अलि विकट जस्तो देखिने कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ३ कपिलवस्तुले विकासमा फड्को मार्दै गएको छ । संविधान निर्माण पश्चात निर्वाचित स्थानिय सरकारले दृढताका साथ विकासका गतिविधिहरु अगाडी बढाएपछि वडाले विकासमा छलाङ मार्दै गएको जनप्रतिनिधीहरुको भनाई छ । चालु आर्थिक वर्षका योजना कार्यान्वयन स्थिति झण्डै ७५ प्रतिशत पुगिसकेको वडाध्यक्ष विकास आचार्यले बताउनु भएको छ ।

बुद्धभूमि वडा ३ मा हाल ६ करोड रुपैयाँको भृकुटीनगर खानेपानी, ५ करोड ५९ लाख रुपैयाँको रनगाई खानेपानी आयोजना निर्माणको क्रममा रहेका छन् । त्यस्तै दुविया धनचौरा खानेपानी आयोजना भने हाल सम्पन्न हुने चरणमा रहेको बताइएको छ । यस्ले वडा बासीलाई स्वच्छ पिउने पानीको पहुँच सम्म पु¥याउने प्रक्षेपण गरिएको छ। पानीको पहूँच विस्तारकै लागि बोक्तापुर र टाँकुमा डिप बोर्डिङ गाड्ने काम पनि सञ्चालनको क्रममा रहेको छ ।
यस्तै बुड्डी महुवारी सडकको कालो पत्रेको काम चलिरहेको छ । जस्मा संघिय सरकारको ४ करोड र प्रदेश सरकारको ८५ लाख रुपैयाँ बजेट विनियोजन भएर कार्यान्वयन भैरहेको छ । पिच अन्तर्गत व्ल्याक टपको काम बाहेक अरु सबै काम सिद्धिएको वडाले जनाएको छ । धनचौरा भग्गुचोक बुधइया गोरापुरे टोलको ६ सय मिटर बाटो कालोपत्रेका लागि ६५ लाख रुपैयाँमा टेन्डर भैसकेको छ ।
पुल निर्माण तर्फ पनि वडाले चालु आर्थिक वर्षमा ठु्लो फड्को मार्दै गरेको बताइएको छ । वडा भित्र ३ करोड रुपैयाँमा ५० मिटर लम्बाई रहेको मसुरे पक्की पुल, चनवा घाट मसुरे चनवा जोडने ३५ मिटर लामो ट्रष्ट व्रिज ३७ लाख रुपैयाँको लागतमा निर्माण हुन गैरहेको बुद्धभूमि नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विकास आचार्यले बताउनुभयो ।
भहराई खोला सिंचाई आयोजना अन्तर्गत नहर निर्माणका लागि ३५ लाख रकम विनियोजन भै आएको हुँदा त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताइएको छ । राम लक्षमण ताललाई सुन्दरीकरण र बोट सञ्चालनका लागि बजेट अभाव भएको छ । हाल प्रदेश सरकारले १० लाख र राम लक्षमण सामुदायिक बनको ३ लाख रुपैयाँ लागतमा ताल सुन्दरीकरणको काम चलिरहेको वडाले जनाएको छ ।
१५ लाख रुपैयाँ लागतमा सिवालय मन्दिर हुँदै टाँकु थारु गाउँ जाने बाटो पिसिसि कार्यक्रम त्रिशक्ति आधारभूत विद्यालय देखि बोक्तापुर जाने बाटो, २० लाख रुपैयाँ लागतमा र धनचौरा सेखोनिया सडक १५ रुपैयाँ बजेटमा कार्यान्वयनको चरणमा रहेको बताइएको छ ।
आफ्नै वडा कार्यालय भवन नहुँदा कार्य सम्पादनमा आफूहरुलाई कठिन भएकोमा यहि पौष २८ गतेको कार्यपालिका वैठकले राष्टिय योजना आयोगमा समपूरक विशेष अनुदानका लागि माग गरि पठाइएको आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments