Home प्रदेश समाचार लुम्बिनीका अस्पताल भरिए, वैकल्पिक व्यवस्था गर्न माग

लुम्बिनीका अस्पताल भरिए, वैकल्पिक व्यवस्था गर्न माग

१५ बैशाख, दाङ – 

कोरोना सङ्क्रमित बढेसँगै लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालहरु भरिएका छन् । बेड भरिएसँगै अस्पताल प्रशासन र चिकित्सकले वैकल्पिक व्यवस्थाको माग गरेका हुन् ।

लुम्बिनीका दाङ, बाँके, रुपन्देही र बर्दियामा दिनहुँ काेराेनाकाे जटिल प्रकृतिका सङ्क्रमित थपिने क्रम बढ्दाे छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीका अनुसार प्रदेशमा अहिले भेन्टिलेटरमा २१, आईसीयूमा एक सय ८१, आइसोलेशनमा सात सय ७४ जनाको उपचार भइरहेको छ । 

धेरै बिरामी यहाँ आईसीयू बेड कुरेर बसेका छन् । स्वास्थ्य निर्देशनालयकाे  तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ५ हजार ५ सय ७४ जना होम आइसोलेशनमै बसेका छन् । लुम्बिनीमा अहिलेसम्म सङ्क्रमणबाट ४ सय ९२ जनाको ज्यान गएको निर्देशक डा. गिरीले जानकारी दिनुभयो ।

यसैबीच जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र प्युठानले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणलाई स्वर्गद्वारी दर्शनमा रोक लगाएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन यस्ताे निर्णय गरेको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments