Home जिल्ला समाचार कपिलवस्तुका ७ सहित १२० जनाको राजनीतिक मुद्दा फिर्ता

कपिलवस्तुका ७ सहित १२० जनाको राजनीतिक मुद्दा फिर्ता

जसपा र सरकार विच भएको समझदारी कार्यान्वयन हुँदै ।।

१6 वैशाख, काठमाडौं ।

सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । १२० जना प्रतिवादी मध्ये कपिलवस्तुका मात्रै ७ जना रहेका छन् । मन्त्रिपरिषद्को बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

मुद्धा फिर्ता सम्बन्धमा आफूहरुलाई हालसम्म कुनै निर्देशन नआइसकेको भएपनि सरकार र जसपा विच यस अघिका वैठकहरुमा मधेस आन्दोलनका राजनीतिक प्रकृतिका मुद्धा फिर्ता लिने समझदारी भएकोले मधेस आन्दोलन सम्बन्धि मुद्धा फिर्ता गरिएको सरकारी वकिल कार्यालय कपिलवस्तुले जनाएको छ ।

यसरी मुद्धा फिर्ता भएका कपिलवस्तुका प्रतिवादीहरुमा साविक विठुवा गाविस वडा नम्बर ८ का तत्कालिन संघिय समाजबादी फोरम नेपालका क्षेत्रीय सदस्य राम नयन यादव, सोहि ठाउँका जुम्मन मुसलवान, छोटकी गनौरियाका इस्तखार मुसलवान, साविक लबनी गाविस वडा नम्बर १ बस्ने भू.पू. प्रहरी हवल्दार गणेश संकर पाण्डे, हथिहवा ९ शिवलवाका ओम प्रकाश चौधरी रहेको बताइएको छ ।

अन्य दुई जना प्रतिवादीको भने मृत्यु भैसकेको छ । सोहि ठाउँ बस्ने दिपेन्द्र कुमार चौधरी र रेखा यादवको मृत्यु भएको हो । राम नयन यादव सहितका व्यक्तिहरुलाई मधेश आन्दोलनका बेला हालको शुद्धोधन गाउँपालिका अन्र्तगत रहेको लबनी र जमुनी प्रहरी चौकीमा आगजनी गरेको विषयमा ७ जनालाई मद्धा चलाइएको थियो ।

उनिहरु विरुद्ध मुद्धा परेको भए पनि अदालतमा गएर तारिख लिई घरमै बस्दै आएको बताइएको छ । नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिने सम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको सञ्चारमँिन्त्र गुरुङले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments