Home जिल्ला समाचार कपिलवस्तु अस्पतालमा १० बेडको आइसियू खाली . १ हप्तामा ४ कोरोनाले सिकिस्त...

कपिलवस्तु अस्पतालमा १० बेडको आइसियू खाली . १ हप्तामा ४ कोरोनाले सिकिस्त उपचार नपाई मरे

कपिलवस्तु १6 बैशाख ।

कपिलवस्तु अस्पतालमा १० बेड क्षमताको आइसियू संचालनमा छ । चिकित्सक र स्वास्थ्यकर्मी पनि उपलब्ध छन् । आइसियू प्राय खाली नै रहन्छ । तर कोरोनाले सिकिस्त बनेका विरामीहरुले त्यो सेवाका लागि भर्ना नै पाउदैनन् । उनीहरुलाई अस्पतालले वाहिर रिफर गर्छ । वाहिरी जिल्लामा पनि सघन उपचार नपाउने भएपछि विरामी घरमै  पुगेर छटपटाई छटपटाई मर्छन ।

पछिल्लो एक हप्तामा यस्तै ४ वटा घटना कपिलवस्तुमा घटि सके । यस्तो हुदापनि  नत अस्पताल प्रशासनले केहि गर्न सकेको छ नत प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले नै । प्रदेश सरकारको ५० लाख कपिलवस्तुका १० पालिकाको ६ लाखका दरले ६० लाख र कपिलवस्तु क्षेत्र नं २ का सांसद बृजेश कुमार गुप्ताको संसदीय कोषको करिव डेढ करोड लगानीमा उक्त अस्पतालमा आइसियू र नजिकै रहेको अर्काे सरकारी भवनमा कोरोना ल्याव स्थापना भएको हो । कोरोना ल्याव सुचारु छ । आइसियू पनि सूचारु छ । तर आइसियूमा कोरोना संक्रमितलाई राख्ने ब्यवस्था अहिले सम्म मिलाइएको छैन ।

यता जिल्ला स्तरीय कोभिड संकट ब्यवस्थापन समिति (डिएम सिसि)का प्रमुख समेत रहनु भएका प्रजिअ चक्रपाणी पाण्डेले कपिलवस्तु अस्पताललाई कोभिड विशेष अस्पताल वनाउन प्रदेश सरकारले चाहेमात्र हुने वताउदै त्यहा भएका आइसियू वर्थिङ सेन्टर र अप्रेशन भएका विरामीका लागि भएकाले कोराना कोशमा उपलब्ध गराउन नसकिने वताउनु भयो ।

त्यसोत लुम्विनी प्रदेश ,कपिलवस्तुका १० पालिका र सांसद बृजेश कुमार गुप्ताले गरेको लगानी त कोभिड संक्रमणवाट जनजीवन जोगाउन थियो तर आइसियू जडान सोही रकमवाट गर्ने अनि कोभिडका विरामीले उपयोग गर्न नपाउने यो विषय त छल कपट जस्तो भएन र ? भन्ने प्रश्नमा प्रजिअ पाण्डेले भन्नु भयो यो विषय मलाई थाह छैन डक्टरलाई नै सोध्नु । कपिलवस्तु अस्पतालको यस्तो अवस्थाका बीच जिल्लामा कोरानाका संक्रमितले उपचार पाउने कुरा निकै असहज बन्दै गएको छ । यसको निकासका लागि एकातिर प्रदेश सरकारले नीतिगत निर्णय गर्नु जरुरी छ भने अर्काे तिर नागरिक स्तर, अधिकारकर्मी र उपभोक्ता हीत सम्वद्ध संघ सस्थाको आवश्यक दावा मुलकपहल हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments