Home प्रदेश समाचार रुपन्देहीका थप ३ जना संक्रमितको कोरोना अस्पतालमा मृत्यु

रुपन्देहीका थप ३ जना संक्रमितको कोरोना अस्पतालमा मृत्यु


१६ वैशाख, बुटवल ।

रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ः४५ बजे र मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

बुटवल–११ का पुरुषमा वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएपछि र सोही दिन अस्पताल भर्ना गरिएको थियो । बुटवल–१४ का पुरुषमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पनि सोही दिन अस्पताल भर्ना भएका थिए । यसैगरी मायादेवीकी महिलामा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएकामा ११ गते अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १८४ पुगेको छ ।

जिल्लामा २२ सय १२ जना सक्रिय संक्रमित छन् । बुधबार मात्रै रुपन्देहीमा ३ सय ८० जना नयाँ संक्रमित थपिएका थिए । ५५६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आइसियूमा हाल १२ जना संक्रमित उपचाररत रहेका डा. गौतमले जानकारी दिए ।

रुपन्देहीमा हालसम्म ११ हजार ६ सय ११ जना संक्रमित भएकोमा ९ हजार २ सय १८ जना निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments