Home समाचार १६ जिल्लामा निषेधाज्ञा, प्रदेश-१मा पूरै खुला

१६ जिल्लामा निषेधाज्ञा, प्रदेश-१मा पूरै खुला

काठमाडौं : 

प्रशासनले विभिन्न १३ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा जारी गरेको छ। तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ। ​

गृहमन्त्रलायले हाल १३ जिल्लाले पूर्ण रुपमा  निषेधाज्ञा जारी गरको जनाएको छ। पूर्ण रुपमा निषेधाज्ञा जारी भएका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, पर्सा, बाँके, दाङ, रुपन्देही, चितवन, पाल्पा कञ्चनपुर, कैलाली र सुर्खेत छन्।  आंशिक निषेधाज्ञा लगाएका जिल्लामा बागलुङ कालिकोट, बर्दिया रहेको मन्त्रलायले जनाएको छ। 

‘हालसम्म १३ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको निर्णय भएको छ,’ गृह मन्त्रालयले भनेको छ,  ‘अधिकांश जिल्लाले वैशाख महिना भर निषेधाज्ञा जारी गरेका छन्। संक्रमणको अवस्था हेरेर लकडाउन तथा निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई अनुमति दिइएको छ।’ हालसम्म निधेधाज्ञा जारी गरेका प्रदेश मध्ये प्रदेश १ का कुनै पनि जिल्लामा निषेधाज्ञा जारी भएको छैन्।

आजदेखि उपत्यकामा सुरु भएको  निषेधाज्ञामा निर्माणसम्बन्धी काम भने नरोकिने भएको छ। हजारौँ मजदुर समस्यामा पर्न सक्ने भएकाले काम नरोक्ने निर्णय गरिएको गृह मन्त्रलायले जनाएको छ। 

त्यसमा स्वास्थ्य मापदण्ड लागू गरेर काम सञ्चालन गर्न दिने निर्णय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments