Home जिल्ला समाचार कपिलवस्तुमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु

कपिलवस्तुमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु

१७ बैशाख, कपिलवस्तु ।

कपिलवस्तुमा विहीबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ ।
विहीबार एकैदिन विजयनगरमा १ जना, शिवराजमा १ जना, कपिलवस्तु नगरपालिकामा १ जना र वाणगंगा नगरपालिकामा २ जना गरी ५ जना संक्रमितको ज्यान गएको हो ।

कार्यालयका अनुसार बिजयनगर गाउँपालिका वडा नम्बर ४ निवासी ६० बर्षीया महिला र बाणगङ्गा नगरपालिका वडा नम्बर १० निवासी ४६ बर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ७० बर्षीय पुरुष र कपिलवस्तु नगरपालिका वडा नम्बर ३ बस्ने ८८ बर्षीय अर्का पुरुषको पनि कोभिड १९ को संक्रमणको कारणले ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै जिल्लाको बाणगंगा नगरपालिकामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।

वडा नम्बर ४ जितपुरको कपिलवस्तु सामुदायिक अस्पताल नजिकै घर भएका ४५ बर्षीय पुरुषको उपचारको क्रममा काठमाण्डौँमा ज्यान गएको हो ।भारतको गुजरातबाट घर आएका उनलाई सुरुमा ज्वरो आएको थियो । त्यसपछि परीक्षण गर्दा कोरोना देखिएपछि भैरहवा लगिएको बताइएको छ ।


श्वास फेर्न बढी समस्या भएपछि क्रिमसन अस्पतालबाट उनलाई काठमाण्डौँ रिफर गरेपछि बुटवलबाट हेलिकप्टर चार्टर गरी काठमाण्डौँ लगिएकोमा गयराति ज्यान गएको आफन्तले बताएका छन् । उनी भारतमा राम्रै कम्पनीमा काम गर्थे । उहाँ घर नपसी सिधै अस्पताल गएको आफन्तले बताए ।

यस संगै कपिलवस्तु जिल्लामा कोभिड १९ को संक्रमणले निधन हुनेको संख्या ४४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments