Home प्रदेश समाचार कोरोना कहरः बाँकेमा १४ घण्टामा १० जनाको मृत्यु

कोरोना कहरः बाँकेमा १४ घण्टामा १० जनाको मृत्यु

बाँके, बैशाख १७ ।
बाँकेमा पछिल्लो १४ घण्टाको बीचमा १० जना कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । बुधबार राति ८ः५५ बजेदेखि बिहीबार बिहान १० बजेसम्म बाँकेका ७ जना तथा कैलालीका २ र बर्दियाका एकको मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका फोकल पर्सन तेज ओली अनुसार गएराती ८ः५५ बजे नेपालगन्ज १३ का कोरोना संक्रमित ५८ वर्षका मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो भने त्यसको ठीक ५ मिनेटपछि कोहलपुर ११ निवासी ४३ वर्षीया महिलाको पनि मेडिकल कलेजमै मृत्यु भएको थियो । त्यसको केही समयमै नेपालगन्ज ४ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको थियो ।

त्यसपछि नेपालगन्ज ९ का ४२ वर्षीय पुरुषको भेरी अस्पतालमा राती १० बजे मृत्यु भएको थियो । त्यसैगरी बर्दिया बढैयाताल गाउँपालिका ८ का ३२ वर्षीय पुरुषको मेडिकल कलेजमा राती १ बजे मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो । त्यस्तै नेपालगन्ज ५ निवासी ५५ वर्षीय पुरुषको बिहीबार बिहान ५ बजे मेडिकल कलेजमा, लम्की चुहा नगरपालिका १ कैलालीका ४३ वर्षीय पुरुषको बिहीबार बिहान ७ः५० बजे तथा खजुरा गाउँपालिका २ का ६७ वर्षिया महिलाको बिहीबार विहान ८ बजे भेरी अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो

त्यसैगरी भेरी अस्पतालमा कैलालीको टिकापुर नगरपालिका–१ की ५२ वर्षीया महिलाको विहान १० बजे र त्यसको आधा घण्टापछि कोहलपुर –८ का ३३ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ। यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि पुगेकाको मृत्यु हुनेको संख्या ११० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments