Home प्रदेश समाचार गुल्मीमा पहिरो रोकथामका लागि ३ करोड रुपैयाँ विनियोजन

गुल्मीमा पहिरो रोकथामका लागि ३ करोड रुपैयाँ विनियोजन

२० वैशाख, गुल्मी ।

गुल्मी क्षेत्र नम्बर–१ मा जोखिम बस्तीमा पहिरो रोकथामका लागि ३ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेका स्थानमा रोकथामका लागि ३ करोड २० लाख रुपैयाँ विनियोजन भएको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयबाट पहिरोका कारण बस्ती जोखिममा परेका स्थानमा रोकथामका लागि बजेट विनियोजन भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए । पहिरोका कारण बस्ती जोखिममा परेको रुरु क्षेत्र गाउँपालिका वडानम्बर–५ बम्घामा टाहाटीम पहिरोका रोकथामका लागि ७५ लाख, सत्यवती गाउँपालिकाको वडानम्बर–५ हँसराको सुन पहिरोका रोकथामका लागि ४५ लाख, छत्रकोट गाउँपालिकाको वडानम्बर–४ दिगामस्थित दिगाम पहिरो रोकथामका लागि ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै रेसुङ्गा नगरपालिका वडानम्बर–१३ दुबीचौर भँगारी पहरो रोकथामका लागि ५० लाख, रुरु क्षेत्र गाउँपालिका वडानम्बर–३ थानपति मनबाग पहिरो रोकथामका लागि ७५ लाख रुपैयाँ विनियोजन भएको नेपालीले बताए । विनियोजित रकम यसै आर्थिक वर्षमा खर्च गरिसक्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments