Home जिल्ला समाचार निषेधाज्ञाको पूर्व सन्ध्यामा कपिलवस्तुका मुख्य बजार क्षेत्र सुनसान

निषेधाज्ञाको पूर्व सन्ध्यामा कपिलवस्तुका मुख्य बजार क्षेत्र सुनसान

ओम प्रकाश पौडेल ।

कपिलवस्तु । २० वैशाख ।


निषेधाज्ञाको पूर्व सन्ध्यामा कपिलवस्तुका मुख्य बजार क्षेत्र सुनसान बनेका छन् । कपिलवस्तुको जितपुर गोरुसिंगे चन्द्रौटा कृष्णनगर बहादुरगंज महाराजगंज तौलिहवा लगायतका बजारमा विगतका दिनहरुमा भन्दा मानिसको चहलपहल अत्यन्तै कम देखि

कोरोनाको दोस्रो लहर कोभेरियन्टका कारण कपिलवस्तुमा पनि दिनहु केहि मानिसको कोरोनाको कारण ज्यान जान थालेपछि जिल्ला बासीमा कोरोनाको त्रास सिर्जना भएको महशुस गरिएको छ ।

यस अघिको पहिलो लहरमा बालबालिका र वृृद्धवृद्धा मात्रै कोरोनाबाट बढि प्रभावित देखिएको भए पनि यस दोस्रो लहरले बृद्ध वृद्धा र बालबालिकाका साथ साथै युवा युवतीहरुको पनि धमाधम ज्यान लिन थालेपछि सबै तिर त्रास छाएको हो ।
वाणगंगा नगरपालिकाका अधिकांश बजार क्षेत्र त झन भोली देखिको निषेधाज्ञाको पूर्व सन्ध्यामा झण्डै सबै जसो व्यापार व्यवसाय बन्द रहेका छन् । त्रास र संशयका विच जनतन आफ्नो व्यापार व्यवसाय चलाइ रहेका व्यापारीहरु भने यस अघिको लक डाउनको प्रभाव हट्न नपाउँदै प्ुनः निषेधाज्ञा जारी भए पछि इन्तु न चिन्तु बनेका छन् ।

जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले भोली वैशाख २१ देखि ३१ गते सम्मको लागि कपिलवस्तु जिल्लाभर निषेधज्ञाको घोषणा गरिसकेको छ । अत्यावश्यक वस्तु किनमेलका लागि भने बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पसलहरु खुला रहने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments