Home प्रदेश समाचार लुम्बिनीमा एमाले छाडेका पाण्डे राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने

लुम्बिनीमा एमाले छाडेका पाण्डे राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने

२० वैशाख, काठमाडौं ।

लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेय राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

सोमबार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले पाण्डेलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘मलाई गठबन्धनले राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेर पत्रकार सम्मेलनमा जानकारी गराइसक्यो’ पाण्डेयले अनलाइनखबरसँग भने ।

नेकपा माओवादी केन्द्र दल त्याग गरेका अर्घाखाँचीका चन्द्रबहादुर खड्का हालै राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका छन् । उनको ठाउँमा नयाँ राष्ट्रियसभा सदस्य चयन गर्नुपर्ने भए पनि निर्वाचन आयोगले उपनिर्वाचनको मिति भने तोकेको छैन ।

नेकपा एमालेबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डेयले आइतबार पार्टी र सांसद पद त्यागेको घोषणा गरेका थिए । कपिलवस्तुका उनले आफू राष्ट्रियसभामा गठबन्धनको उम्मेदवार बने पनि कुन पार्टीबाट चुनावमा सहभागी हुने टुंगो नलागेको बताए । ‘म कुनै पार्टीमा प्रवेश गरेको छैन, यस विषयमा विचार गर्दैछु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments