Home समाचार ‘मेरो जिम्मेवारी कल्पना बाहिरको हो’

‘मेरो जिम्मेवारी कल्पना बाहिरको हो’

‘राजनीति सीधा बाटोमा हिँड्दो रहेनछ, नैतिकता बिर्सिन्नँ’

२१ वैशाख, काठमाडौं ।

गण्डकी प्रदेशमा सरकार जोगाउने र गिराउने खेल चलिरहेको बेला माओवादीका अमिक शेरचनलाई हटाएर एमालेकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।

नेकपा विभाजनपछि निम्तिएको जटिल राजनीतिक परिस्थितिमा गण्डकी प्रदेश प्रमुख पाएकी पौडेललाई राजनीतिक सेटिङ मिलाउनकै लागि नियुक्त गरिएको विपक्षीले बताइरहेका छन् ।

यो नियुक्तिलाई विपक्षी दलहरुले सरकारको सत्ता लम्व्याउने खेलको रुपमा बुझेका छन् । त्यतिमात्रै होइन, उनीहरुले पौडेलको नियुक्तिलाई केपी शर्मा ओलीको ‘एस म्यान’मार्फत् सरकारले लाज छोप्ने प्रयत्न गरेको भनेरसमेत टिप्पणी गरेका छन् ।

गण्डकीको विषय राजनीतिक परिस्थितिमा सीता पौडेल कसरी अघि बढ्लिन् भन्ने चासो छ । यसबीचमा अनलाइनखबरसँग कुरा गर्दै उनले आफ्नो जिम्मेवारीलाई ‘कल्पना बाहिरको’ मात्र भनिनन् नैतिकता नबिर्सने र पदीय मर्यादा ननाघ्ने समेत बताइन् ।

नवनियुक्त प्रदेश प्रमुख पौडेलसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको संक्षिप्त कुराकानी–

अहिलेको राजनीतिक विषम परिस्थितिमा कसरी अगाडि बढ्नुहुन्छ ?

मैले जीवन नै राजनीति र संघर्षमा गुजारें । आन्दोलनमा होमिएँ । पार्टी र जनताका निम्ति भनेर खटिएँ । आज त्यसैको फस्वरुप प्रधानमन्त्रीले गण्डकी प्रदेश प्रमुख बनाउनुभएको छ । पदीय मर्यादा र दायित्व हेरेर सबैको सहमतिमा अगाडि बढ्ने छु । धेरै समस्या त त्यहीँ पुगेपछि थाहा होला । जुन पार्टीमा लागे पनि सबैको साझा बन्ने प्रयत्न गर्ने छु । मर्यादा नाघ्दिनँ ।

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुँदै गर्दा अप्ठेरो परिस्थितिमा टपक्क टिपेर पठाउनुभएको छ, गण्डकी प्रमुखको जिम्मेवारीबारे सोच्नुभएको थियो ?

राजनीति सिधा बाटोमा हिँड्दो रहेनछ । अहिलेको अवस्थामा आएर प्रदेश प्रमुखको जिम्मेवारी मेरो कल्पनाभन्दा बाहिरकै कुरा हो । यो मैले सोचेको विषय होइन, थिइनँ ।

लामो समय एमाले राजनीतिमा लागेकै कारण प्रधानमन्त्रीले प्रदेश प्रमुखको पद थमाएका छन्, त्यो पनि अहिलेको जटिल राजनीतिक अवस्थामा के होला त कारण ?

चुनौतिको आत्मसात गरेर आएकै कारण अहिलेसम्म राजनीतिमा टिकेकी हुँ । नत्र चुनौतिको सामाना गर्न नसकेको भए ५० वर्षको राजनीतिक यात्रा तय हुँदैनथ्यो । सबै जानेर आइएको हुँदैन, सिक्दै जाने हो । कर्तव्य, अधिकार क्षेत्र सबै कुरा ख्याल गरेर काम गर्न प्रधानमन्त्री जिम्मेवारी दिनुभयो भन्ठानेकी छु ।

प्रदेश प्रमुखलाई निश्पक्ष र तटस्थ पद मानिन्छ तर गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वास प्रस्ताव संसदमा रहेका बेला सेटिङ मिलाउन तपाईंलाई जिम्मेवारी दिइयो भन्ने आरोप छ नि ?

प्रदेश प्रमुख फेर्ने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिको अधिकारको कुरा हो । उहाँले मूल्यांकन गरेर जसलाई प्रदेश प्रमुख बनाउँदा त्यहाँको समस्याको ट्याकल गर्न सक्छ भनेरै मलाई पठाउनुभएको होला । सत्तारुढ दललाई सजिलो पार्नका निम्तिमात्रै पक्कै होइन होला । म मेरो पदीय जिम्मेवारीबाट के भूमिका निभाउनुपर्छ, पदीय मर्यादा कसरी कायम गर्नुपर्छ भन्नेमा निश्पक्ष लाग्ने छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments