Home जिल्ला समाचार कपिलवस्तु नगरपालिका पुर्ण खोप सुनिश्चित पालिका घोषणा ।।

कपिलवस्तु नगरपालिका पुर्ण खोप सुनिश्चित पालिका घोषणा ।।

जिल्लामा यशोधरा र महाराजगंज पूर्ण खोप घोषणा हुन बाँकी ।।
कपिलवस्तु २१ बैशाख


नगर क्षेत्र भित्र रहेका बालबालिका खोपको पहुचमा पुगे पछि कपिलवस्तु नगरपालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।


खोपको मापदन्ड पुरा गरे पछि कपिलवस्तु नगरपालिकालाई मंगलवार पुर्णखोप सुनिश्चित नगर घोषणा गरिएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले नगरका १२ वटै वडामा रहेका जन्मे देखि २३ महिना सम्मका कुल ३ हजार ५२६ जना बालबालिका नै खोपको पहुचमा पुगको प्रतिबेदन पढेर सुनाएका थिए ।

सो अवसरमा ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले जिल्लालाई बैशाख भित्रै पुर्णखोप घोषणा गर्नू पर्ने बताए । लुम्बिनी प्रदेश मै कपिलवस्तु मात्र अहिले सम्म पुर्ण खोप जिल्ला घोषणा हुन नसकनु दुःखद कुरा भएको बताए ।

अवसरमा मेयर किरण सिंहले स्वास्थ्य चौकीका प्रमुख र नगर स्वास्थ्य शाखाका प्रमुखको अथक प्रयासले नगरपालिका पुर्णखोप हुन सकेको बताए ।उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।


सो अवसरमा १२ वटै स्वास्थ्य चौकी र वडाअध्यक्षलाई पूशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम मेयर सिंहको अध्यक्षता र सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको थियो ।

सोमवार नै कृष्णगनर नगरपालिका पुर्णखोप घोषणा भएको थियो । जिल्लामा यशोधरा गाउपालिका र महाराजगंज नगरपािलका मात्र पुर्ण खोप घोषणा गर्न बाकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए । उनले जिल्लालाई यही बैशाख भित्र पुर्ण खोप घोषणा गर्नै कार्यक्रम रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments