Home समाचार देउवालाई भेट्न प्रधानमन्त्री ओली बुढानिलकण्ठमा

देउवालाई भेट्न प्रधानमन्त्री ओली बुढानिलकण्ठमा

काठमाडौं, वैशाख २२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार अहिले सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी छ।

‘प्रधानमन्त्रीज्यू केहीबेरअगाडि सभापति निवास आउनुभएको हो। अहिले उहाँहरूबीच कुराकानी भइरहेको छ,’ उनले भने।
उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत पनि प्रधानमन्त्री ओलीसँगै बुढानिलकण्ठमा छन्।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि संसद अधिवेशन आह्वानसमेत भइसकेको छ। यसैबीच कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई बहुमत जुटाउनबाट रोक्न अन्य दलसँग पहल गर्ने निर्णय गरेको थियो।

कांग्रेस, माओवादी केन्द्रलगायतले गठबन्धन गरी बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेदवारसमेत तय गरिसकेका बेला प्रधानमन्त्री ओली देउवा भेट्न पुगेका हुन्।

गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलविरूद्ध खिमलाल देवकोटालाई उम्मेदवार बनाउने तयारी विपक्षी दलहरूको तयारी छ। बादललाई नै राष्ट्रिय सभामा उम्मेदवार बनाउने एमालेको तयारी छ।

जेठ ६ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments