Home समाचार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं :

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धी पत्र संसद सचिवालयमा पेश गरेको छ।

समर्थन फिर्ताको पत्र आज बिहान संसद सचिवालयमा दर्ता गराएको नेता देव गुरुङले जानकारी दिए।

पार्टीको हिजो बसेको स्थायी कमिटी बैठकबाट गरिएको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र दर्ता गरेको नेता गुरुङले बताए। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय लगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो। तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो।

ओलीको विकल्पमा नयाँ सरकार गठनको कसरत गर्दै आएको माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको भन्दै आलोचना हुँदै आएको थियो। माओवादीको समर्थन फिर्तासँगै औपचारिक रुपमै सरकार अल्पमतमा परेको छ।

यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने यसअघि नै बताइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments