Home समाचार प्रधानमन्त्रीनिकट व्यक्तिले कोरोना भ्याक्सिन रोक्नु अपराध : कोइराला

प्रधानमन्त्रीनिकट व्यक्तिले कोरोना भ्याक्सिन रोक्नु अपराध : कोइराला

काठमाडौं :

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्रीनिकट व्यवसायीहरूले कोरोना भ्याक्सिन रोकेको खबरले लज्जित तुल्याएको उल्लेख गरेका छन्।

महामारीको कहालीलाग्दो समयमा जनतामाथि ठूलो धोका भएको लेख्दै नेता कोइरालाले यो अपराध कदापि क्षम्य हुन नसक्ने बताएका हुन्।

पहिलो चरणको महामारीका बेला पनि ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्रीनिकट ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको उनले उल्लेख गरेका छन्।

‘पहिलो चरणको महामारीका समयमा ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्रीनिकट ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो,’ उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरूले जनस्वास्थ्यमाथि गरेको यति ठूलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन।’

यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने र समय आएपछि जनताले यसको हिसाब गर्ने कोइरालाले लेखेका छन्‌।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments