Home प्रदेश समाचार कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।
कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु नगरपालिकाका २ जना, महाराजगंज नगरपालिका, बुद्धभूमि नगरपालिकाका र यशोधरा गाउँपालिकाका १÷१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा ३ दिन पहिला काठमाण्डौको अस्पताल भर्ना भएकी कपिलवस्तु नगरपालिकाकी ४४ वर्षिय महिला र कपिलवस्तु नगरपालिकाकै १ दिन पहिला कपिलवस्तु अस्पताल भर्ना भई कोरोना आइसोलेसनमा उपचाररत ५७ वर्षका १ जना पुरुषको ज्यान गएको छ ।
१ दिन पहिला अस्पताल भर्ना भएका महाराजगंजका १ जना ५६ वर्षका पुरुषको युसियमएस हस्पीटल भैरहवामा मृत्यु भएको छ । ५ दिन पहिलादेखि उपचाररत बुद्ध भुमिका १ जना ३६ वर्षिय पुरुष र यशोधरा गाउँपालिकाका ४४ वर्षका १ जना पुरुषको ज्यान गएको छ । यशोधराका पुरुष कपिलवस्तु अस्पतालको आइसोलेसन १ दिन पहिला भर्ना भएका थिए । मृतकहरु सबैको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको बताइएको छ ।
यो संगै जिल्लामा कोभिड–१९ को संक्रमणले मृत्यु हुनेको संख्या ६१ पुगेको छ । यसै विच पछिल्लो २४ घण्टामा कपिलवस्तुमा थप ९९ जना संक्रमित थपिएका छन् । २४ घण्टामा निको हुनेको संख्या भने ३६ रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्लाभर कुल संक्रमितको संख्या ३ हजार १ सय पुगेको छ। सक्रिय संक्रमितको संख्या भने ८ सय ७३ पुगेको फोकल पर्सन घिमिरेले जानकारी दिनुभयो । ३६ जना संक्रमितहरु भने आज संक्रमण मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments