Home प्रदेश समाचार बुटवलमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु

२७ वैशाख, बुटवल ।

बुटवलमा उपचाररत थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चारजना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आईसीयूमा उपचाररत एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देही,कपिलवस्तु र दाङका एक–एकजना हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार वैशाख २३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका तिलोत्तमा-२ का ५६ वर्षीय पुरुषको आइतबार राति ९: ५० बजे मृत्यु भएको हो ।

यस्तै कोरोना विशेष अस्पतालमा बैशाख १७ गते भर्ना भएका कपिलवस्तु बनगाईका ४३ वर्षीय पुरुषको आइतबार राति ८:३० बजे र सोही अस्पतालमा वैशाख १८ गते भर्ना भएका दाङ तुल्सीपुर–५ की ३७ वर्षिया महिलाको आइतबार राति १०:०७ बजे मृत्यु भएको हो ।

यस्तै वैशाख २४ गते भर्ना भएका बुटवल–७ का ४५ वर्षीय पुरुषको सोमबार बिहान ७:५२ मा र १८ गते भर्ना भएका तिलोत्तमा-१ का ६४ वर्षीय पुरुषको बिहान ८.४२ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २७१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments