Home समाचार कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै

कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै

काठमाडौँ, बैशाख २८।

कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाले ज्यान गुमाउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै बढी हो ।

देशभरि १८ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २ सय ७१ जना अर्थात् ५०.३५ प्रतिशतलाई संक्रमण देखिएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या सोमबार ९३ हजार १ सय ४१ पुगेको छ ।

‘अझै उच्च बिन्दुमा पुग्नै बाँकी छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो, ‘जति संक्रमित थपिँदै जान्छन्, मृत्यु हुनेको संख्या पनि उत्तिकै बढेको देखिन्छ । मृत्यु हुनेको संख्या दुई सातामा अझ बढ्न सक्छ ।’

यसअघि वैशाख २० गते हरेक ३८ मिनेटमा १ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । एक सातामै हरेक १० मिनेटमा १ जनाको मृत्यु भएको हो । मन्त्रालयको तथ्यांकअनुसार वैशाखका २७ दिनमा ८ सय १ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो हालसम्मको मृत्यु संख्याको २० दशमलव ७५ प्रतिशत हो । कोरोनाबाट सोमबारसम्म ३ हजार ८ सय ५९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ दशमलव २ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा मृत्युदर १ दशमलव १ छ ।

पछिल्ला २७ दिनमा सबैभन्दा बढी वाग्मती प्रदेशमा २ सय ५५ जनाको मृत्यु भएको छ । लुम्बिनीमा २ सय ५४, प्रदेश २ र सुदूरपश्चिममा ८०–८०, गण्डकीमा ५४, प्रदेश १ मा ४७ र कर्णालीमा २९ जनाले ज्यान गुमाएका छन् । दुई जना भारतीय नागरिकको पनि मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

पछिल्ला २७ दिनमा मृत्यु भएकामध्ये सबैभन्दा कम उमेरकी ९ दिने बालिका छिन् । रामेछाप दोरम्बाकी उनको आइतबार मृत्यु भएको हो । वैशाख १८ मा धनुषाकी १० दिनकी बालिकाको कान्ति बाल अस्पतालमा कोरोनाले मृत्यु भएको थियो । यो अवधिमा सबैभन्दा बढी उमेरका काठमाडौं नागार्जुनका १ सय २ वर्षीय वृद्धको सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भयो ।

मृतक संख्या बढ्दै जाँदा पशुपति आर्यघाटमा शव व्यवस्थापनमा समेत समस्या देखिन थालेको छ । शनिबार ७६, आइतबार ८८ जनाको शव व्यवस्थापन गरिएकामा सोमबार राति १० बजेसम्म ७७ वटा शव व्यवस्थापन भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ‘अझै शव ल्याइरहेका छन्, कति थपिने हो टुंगो छैन,’ कोषका एक कर्मचारीले भने । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments