Home जिल्ला समाचार तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख ।

कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक भएको वताइएको छ । लुम्विनी अक्सिजन उद्योग रुपन्देहीवाट दैनिक रुपम ५० देखि ८० सिलिण्डर आउने गरी भएको संझौता अनुरुप भरेर सोमवार विहानै तौलिहवामा पठाउन तयार पारिएका सिलिण्डर आइतबारराती रुपन्देही प्रशासनको आदेश भन्दै उद्योगवाट कव्जामा लिएर प्रदेशिक अस्पताल बुटवलमा पुराइएपछि तौलिहवामा हाहाकार शुरु भएको हो ।
कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेका अनुसार उद्येगका संचालक रमेश खनालले आइतबार २ वजे उद्योगमा सुरक्षाकर्मी पसेर सम्पूर्ण सिलिण्डर उठाएर लगेकाले तौलिहवा पठाउन नसकेको वताउनु भएको जानकारी दिनु भयो । यो संगै कपिलवस्तु अस्पतालको आइसियूमा रहेका १० जना , कोेभिड वार्डमा रहेका २५ जना र आइशोलेशन अस्पतालमा रहेका २० जना गरी ५५ जनाको जीवन संकटमा पुगेकोहो ।
यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई यो विषयमा संपर्क गर्दा उहाको फोन उठेन । कपिलवस्तु अस्पतालमा उपचाररत ५५ जनाको जीवन रक्षा हुने गरी तत्काल अक्सिजन उपलब्ध हुने ब्यवस्था मिलाउन मानव अधिकार रक्षक समूह कपिलवस्तुका संयोजक दोलख वहादुर पछाई र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डेले अपिल प्रकासित गर्दै डिएमसीसी कपिलवस्तु समक्ष माग गर्नु भएको छ । पछिल्लो जानकारी अनुसार कपिलवस्तु जिल्ला प्रशासनको विशेष पहलमा कपिलवस्तु अस्पतालमा सोमबार साँझ ३० वटा सिलिण्डर आएकोछ । अरु सिलिण्डर पनि पठाउने प्रबिद्धता उद्योगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments