Home प्रदेश समाचार जसपा विवाद सर्वाेच्चमा : ४ सांसदको पद रहने वा नरहने सुनुवाई आज

जसपा विवाद सर्वाेच्चमा : ४ सांसदको पद रहने वा नरहने सुनुवाई आज

रुपन्देही ३ जेठ ।

जसपा सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सांसदबाट पदमुक्त भएका चार जनाको  रिट निवेदन दर्ता गरेको छ । पदमुक्त हुनु अघि जनता समाजवादी पार्टीबाट सांसद रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको रिट दर्ता भएको हो । गत वैशाख १९ गते नै उनहिरुले सर्वोच्चमा

सवोच्च अदालतको फुल कोर्टले वैशाख ३१ गत संवैधानिक विषयवस्तु जोडिएका र नागरिकको हक अधिकारसँग जोडिएका अन्य खालका निवेदन लिने निर्णय भएसँगै आज रिट दर्ता भएको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै प्रदेश सरकारमा चार जना मन्त्री भएका थिए । कल्पना पाण्डे बाहेक ३ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर समेत गरेका थिए । मन्त्री भएका चार जनालाई जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षले एकलौटी निर्णय गरेर पदमुक्त गरेको थियो । 

उक्त निर्णयपछि जसपामा विवाद बढ्दै गएको थियो । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सांसद हटाउने पार्टीले कुनै निर्णय नगरेको दाबी गर्दै आएका छन् । तर यादव र बाबुराम भट्टराईले आफू पक्षीय बहुमत केन्द्रीय कार्यकारिणी परिषदका सदस्यको हस्ताक्षरबाट दल त्याग गरेको भन्दै सांसद पदबाट मुक्त गर्न वैशाख १६ गते लुम्बिनी प्रदेशसभालाई पत्र पठाउनुभएको थियो । पत्र प्राप्त गरे लगत्तै प्रदेशसभा सचिवालयले सांसदहरु मुक्त भएको सूचना जारी गरेको थियो । उक्त निवेदनको सुनुवाइ  सोमबार हुनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments