Home जिल्ला समाचार बाणगंगामा संघिय सरकारको वजेट सबैभन्दा धेरै

बाणगंगामा संघिय सरकारको वजेट सबैभन्दा धेरै

भेषराज पाण्डे
कपिलबस्तु १८ जेठ।

नेपाल सरकारले आर्थिक वर्ष २०७८÷०७९ का विनियोजन गरेको बजेटमा सबैभन्दा धेरै रकम पाउनेमा कपिलवस्तुका छ नगरपालिका मध्ये सवैभन्दा धेरै बाणगंगा नगरपालिकालाई ६३ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ। चार गाउँपालिका मध्ये मायादेबी गाउँपालिकालाई ३९ करोड ९४ लाख रुपैयाँ विनियोजित गरेको छ । यस्तै नगरपालिकामा सवैभन्दा कम महाराजगंज नगरपालिकालाई ४४ करोड ४ लाख रुपैयाँ विनियोजित भएको छ । यस्तै गाउँपालिका तर्फ सबैभन्दा कम यशोधरा गाउँपालिकालाई ३१ करोड २९ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।

विनियोजित वजेट अनुसार आगामी आर्थिक वर्षका लागि कपिलबस्तु नगरपालिकामा ५५ करोड ४२ लाख, कृष्णनगर नगरपालिकामा ४५ करोड ५८ लाख, बुद्धभूमि नगरपालिकामा ५७ करोड ६७ लाख र शिवराज नगरपालिकामा ५१ करोड ४८ लाख रुपैयाँ विनियोजन भएको हो । यस्तै गाउँपालिका तर्फ बिजयनगर गाउँपालिकामा ३६ करोड ५० लाख र शुद्घोधन गाउँपालिकामा ३३ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरि अहिले प्रस्तुत बजेट मार्फत आगामी आर्थिक बर्षका लागी बिशेष अनुदानबाट महाराजगंज नगरपालिका बञ्चित रहेको छ ।

चारवटा गाउपालिका मध्ये बिजयनगर गाउपालिकाले मात्र बिशेष अनुदान प्राप्त गर्न सफल भएको छ ।त्यसो त संघीय सरकारले कपिलबस्तुका लागी बिनियोजित बजेटको आकारमा बृद्धि भएको छ । गणतन्त्र स्थापनापछि अध्यादेश मार्फत आएको यो बजेट छैठौं हो तर नेपालको संबिधान २०७२ जारी भएपछि अध्यादेश मार्फत आएको आउने यो बजेट पहिलो हो ।

अध्यादेश मार्फत सरकारले कपिलबस्तुका १० स्थानीय पालिकामा ४ अर्ब ६० करोड ७९ लाख रुपैयाँ विनियोजन गरेको छ । कपिलबस्तुमा आएको यो वजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशतले बृद्धि हो ।कुल बजेट अनुदान अन्र्तगत चालुतर्फ ४ अर्व १९ करोड ३० लाख बिनियोजित छ भने पूंजीगत तर्फ ४१ करोड ४९ लाख मात्र बिनियोजन गरिएको छ । सरकारले कपिलबस्तुका लागी समपूरक अनुदान ७ करोड ९१ लाख, बिशेष अनुदान अन्र्तगत पूंजीगत तर्फ ९ करोड ५२ लाख बजेट बिनियोजन गरेको छ ।

यसैगरि सशर्त अनुदान तर्फ चालु २ अर्ब ५६ करोड ८५ लाख र पूंजीगत २४ करोड ६ लाख गरि कुल २ अर्व ८० करोड ९१ लाख बिनियोजन गरिएको छ । कपिलबस्तुमा गतबर्ष ४ अर्ब २७ करोड ३२ लाख बजेट संघीय सरकारले प्रदान गरेको थियो ।जिल्लाका सबै स्थानीय तहमा विनियोजित बजेट अनुसार समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर सो वजेट विनियोजन भएको हो । यसैगरि अहिले कार्यसम्पादनका आधारमा समेत प्राथमिकताको आधारमा बजेट बिनियोजन समेत गरि सरकारले नयाँ प्रावधान तयार पारेको छ ।

सरकारका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलद्धारा जेष्ठ १५ मा जारी बजेटमा न्यूनतम, सुत्रमा आधारित र कार्यसम्पादनमा आधारित अनुदान गरि समानिकरण अनुदानलाई प्राथमिकता दिई बजेट बिनियोजन गरिएको छ । जसअनुरुप समानीकरण अनुदान अन्र्तगत १ अर्ब ६२ करोड ४५ लाख कपिलबस्तुका लागी बिनियोजित छ । न्यूनतम अनुदान ३७ करोड ७५ लाख, सुत्रमा आधारित अनुदान १ अर्ब २० करोड २६ लाख र कार्यसम्पादनमा आधारित अनुदान तर्फ ४ करोड ४० लाख बजेट अनुदानको बिनियोजन भएको छ ।

यता सरकारले आगामी आर्थिक बर्षका लागी बिनियोजित बजेटमा कपिलबस्तुका चार स्थानीय तह उत्कृष्ट भई कार्यसम्पादनको आधारमा बजेट समेत प्राप्त गरेका छन् । कार्यसम्पादनमा नगरपालिका तर्फ बाणगंगा र शिवराज नगरपालिका उत्कृष्ट भएका छन् । कार्यसम्पादनमा आधारित समानीकरण अनुदानतर्फ बाणगंगा र शिवराज नगरपालिकाले समान ४९ लाख प्राप्त गरेका छन् । कृष्णनगर र महाराजगंज नगरपालिकाले समान ४८ लाख अनुदान पाउदा बुद्घभूमि नगरपालिकाले ३५ लाख अनुदान पाएका छन् । यसैगरि नगरपालिका अन्र्तगत कार्यसम्पादन कमजोर हुने नगरपालिकामा कपिलबस्तु नगरपालिकाले ३४ लाख प्राप्त गरेको छ ।

गाउपालिका तर्फ भने मायादेवी गाउपालिका र बिजयनगर गाउपालिका अब्बल साबित भएका छन् । उनीहरुले समान ४९ लाख प्राप्त गर्दा यशोधराले ४८ लाख पाएको छ । शुद्धोधन गाउपालिकाको कार्यसम्पादन फितलो रहेको पाइएको छ । शुद्धोधनले कार्यसम्पादनमा आधारित समानीकरण अनुदानतर्फ ३५ लाख मात्र प्राप्त गरेको छ ।

त्यस्तैकपिलबस्तुका १० स्थानीय तह मध्ये समपूरक अनुदान प्राप्त गर्ने पालिका दुइवटा मात्र परेका छन् । जसअन्र्तगत बुद्घभूमि नगरपालिका र बिजयनगर गाउपालिका परेका छन् । बुद्घभूमि नगरपालिकाले ४ करोड १५ लाख र बिजयनगर गाउपालिकाले १ करोड ३९ लाख प्राप्त गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments