Home Breaking News जेठ ३ पूर्व कायम स्थायी कमिटी बैठक बोलाएर तत्काल छलफल गराैँ वामदेव...

जेठ ३ पूर्व कायम स्थायी कमिटी बैठक बोलाएर तत्काल छलफल गराैँ वामदेव गौतमको प्रस्ताव

जेठ २६, काठमाण्डौ –

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले २०७५ को जेठ ३ पूर्व कायम रहेको स्थायी कमिटी बैठक बोलाएर तत्काल छलफल गर्न प्रस्ताव गर्नुभएको छ ।

जतिसक्दो छिटो २०७५ को जेठ ३ पूर्व कायम रहेको अथवा माओवादी केन्द्रसँग पार्टी एकता हुनुभन्दा पहिले कायम रहेको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न समस्याबारे छलफल गरेर सही मार्ग दर्शन गर्नुपर्ने उहाँको भनाइ छ । नेकपा एमाले एकता अभियान समितिको बैठकपछि गौतमले विज्ञप्ति निकालेर जेठ ३ पूर्वको संरचनामा रहेको एमालेका दुई वरिष्ठ नेता, ४ उपाध्यक्ष, एक महासचिव, २ उप-महासचिव र ५ सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर मध्यमार्गी बाटो खोज्नुपर्ने प्रस्ताव अघि सार्नुभएको हो ।

यस्तै नेता गौतमले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि इमानदार प्रयत्न नगरेको समेत बताउनुभएको छ । अध्यक्ष ओलीले एकता आह्वान गर्दै निकालेको विज्ञप्तिमा आफ्नै प्रशंसा गर्दै कुटिल चातुर्य र जालझेलको भाषा शैली प्रयोग गरेको गौतमको आरोप छ । ओलीको पार्टीलाई २०७५ को जेठ ३ पूर्वको संरचनामा पुर्याउने कुरा सकारात्मक भएको भए पनि जनवर्गीय संगठनको संरचना मूलभूत रुपमा भन्ने शब्दको अर्थ पहिलेको अवस्थामा जस्ताको त्यस्तै राख्न अस्वीकार पनि गर्न सकिन्छ भनेर बुझ्न सकिने उहाँको भनाइ छ ।

यस्तै गौतमले खनाल–नेपाल समूहका नेताहरुले संविधानको धारा ७६ को ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र सर्वोच्च अदालत पुगेर हस्ताक्षर पेश गर्नु पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीकै अनेकौं विवादित क्रियाकलापको परिणाम रहेको आरोप लगाउनुभएको छ ।

यस्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनःस्थापना अथवा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा चुनावमा जान परेमा दुवै अवस्थाका चुनौतीलाई सामना गर्न एकतावद्ध एमाले तयार छ भन्ने सन्देश दिने छलाङ लगाएर अघि बढ्नुपर्ने नेता गौतमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments