Home जिल्ला समाचार नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

असार कपिलवस्तु ।
विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।
विश्वभर फैलिएको कोरोना भाइसरका कारण जारी लकडाउनले मारमा परेका विपन्न तथा गरिब घरपरिवारलाई दैनिक राहत सामग्री वितरण गरेका हुन् ।

दैनिकजसो सामाजिक काममा सक्रिय नेविसंघ र तरुणदलले शनिबार पनि खाद्यान्न वितरण गरेका छन् । वाणगंगा नगरपालिका ९ चौवाका १६ विपन्न घरपरिवारलाई दाल, चामल नुन लगाएत खाद्यान्न सामग्री वितरण गरेको छ ।

विपन्न घरधुरीहरुलाइ ५२ हजार बराबरको खाद्यान्न सहयोग गरेको नेपाल विद्यार्थी संघका क्षेत्रिय सभापति चन्द्रकानत पोख्रेलले बताए । चौवाका १६ घरपरिवारलाई दैनिक छाक टार्न समस्या भएको जानकारी पाउन साथ उनिहरुलाई खाद्यान्न सहयोग गरेको उनले बताए ।

नेविसंघ र तरुणदल यस्ता सामाजिक कामलाई निरन्तरता दिने समेत उनले बताए । यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस वडा सभापति दिपक थापाले नेविसंघ र तरुणदलले गरेको सामाजिक काम स्रहानिय रहेको भन्दै नेपाली कांग्रेस सबै गरिव तथा दुखीको साथमा रहेको बताए ।

समस्यामा परका गरिव तथा विपन्न वर्गको घरमा पुगेर सहयोग गर्ने विगत देखी सुरु गरिएको र यसलाई निरन्तरता दिने तरण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments