Home जिल्ला समाचार प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।


पार्बती आचार्य

कपिलवस्तु, असार ।
बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको स्वस्थ जिवनको लागि प्रांगारिक खेती प्रर्बद्धन कार्यक्रमको अनुगमन तथा समुहलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ । बाणगंगा नगरपालिका र सिद्धार्थ सामाजिक बिकास केन्द्रको साँझेदारीमा गत पौष महिनादेखि संचालन हुँदै आएको कार्यक्रममा सम्बन्धित नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकिय अधिकृत र कृषि शाखाका प्रखुख लगायत वडाका जनप्रतिनिधीहरु सहितको टोलिले संयुक्त स्थलगत अनुगमन गरी समुहलाई उपकरणहरु हस्तान्तरण गरेका हुन् ।


उक्त अनुगमन कार्यक्रमका प्रमुख अतिथी तथा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले सरकारले दिने अनुदानको मात्र आश गर्नुभन्दा पनि कार्यक्रमलाई निरन्तरता दिई समुहका पदाधिकारीहरु क्रियासिल भएर लाग्नुपर्ने बताए । बाणगंगा नगरपालिका स्वस्थ रहनका लागि बिषादी प्रयोग गरेका खाद्यान्नहरुको प्रयोग नगरी नगरवासीहरु स्वस्थ रहुन भन्ने उद्देश्यका साथ यस्ता खाल्का कार्यक्रमहरु संचालन गरिएको उनले बताए । यस्तै उप प्रमुख चक्रपाणी अर्यालले ५० प्रतिशत लगानीको कार्यक्रमलाई यस समुहले निरन्तरता दिएर मेहनतका साथ अगाडी बढ्न सके ज्योती महिला कृषक समूहको जग बलियो हुने बताए । कोभिड–१९ का कारण अहिले समुहलाई घाटा भए पनि सधै यस्तो नहुने बताउँदै असल काम गर्दे जाने समुह संस्थाका लागि नगरपालिकाको साथ सपोर्ट रहने प्रतिबद्धता व्यक्त गरे ।

कृषि शाखा प्रमुख लेष बहादुर केसीले अनुदानको कार्यक्रम नआए पनि कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सरकारको अनुदान पाए कार्यक्रम गर्ने नपाए छोड्ने कार्य नगर्न अनुरोध गर्दै महिला कृषक समुहद्वारा संचालन गरिएको समुहले थप प्रगती गर्दै जावस भन्दै प्रक्रियामा रहेका कार्यक्रमहरुलाई प्रक्रियागत संचालन गरि समयमा नै सम्पन्न गर्न समुहलाई सुझाव दिए । समुहकी कोषाध्यक्ष पबित्रा घिमिरेले समुहले हाल सम्म गरेको कामको जानकारी दिंदै समुहले मिहिनेत गररे तरकारी उत्पादन गरे पनि तरकारीले मूल्य नपाउँदा धेरै घाटा सहन परेको गुनासो गरिन् । तरकारीको सिजनको समयमा कोरोनाको महामारीले गर्दा धेरै तरकारीहरु नोक्सान भएको बताईन् । समुहले अहिले सम्म ३ दिने तरकारी खेती तालिम, रासायनिक प्रबृद्धि प्रांगारिक तरकारी खेती तालिम, बेसार खेतीका लागि तालिम लिएको जानकारी बताईन् ।


यसैगरी बिषादीले जन समुदायमा परेको नकारात्मकलाई कमी गर्नकालागि सहयोगी भुमिका खेलेको छ । यो कार्यक्रम एकदमै राम्रो छ नितान्त महिलाहरुको मात्र समुह भएको हुँदा कृषिमा आत्म निर्भर गर्नका लागि पनि यस समुहलाई अगाडी बढाउन नगरपालिका र सिद्धार्थ सामाजिक बिकास केन्द्रले साथ सपोर्ट दिने छ भन्ने आशा ब्यक्त गरिन । अहिलेको परिस्थीतीमा समुहका सदस्यहरुमा आर्थिकको अभावले गर्दा तोकिएको समयमा काम गर्न नसकिएको समेत कोषाध्यक्ष घिमिरेले अनुगमनका क्रममा जानकारी दिईन् । यस्तै सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्य समिती सदस्य चेतनाा अधिकारीले प्रांगरिक तरकारी खेतीबाट यस समूहलाई आर्थिक शसक्त बनाउनका लागि शुरुवात गर्दे नगरका अन्य वडाहरुले पनि यो खेतीको सिको गर्न सकुन भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको बताईन । मानव जिवनमा स्वस्थ जिवनको शुरुवात गर्नका लागि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने छ । अर्गानिक खेती प्रबिधी , प्रांगरिक खेती प्रबिधी र रैथाने तरकारी बालीलाई संरक्षण गर्दै निरन्तरता दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको समेत अधिकारीले जानकारी दिईन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments