Home जिल्ला समाचार बाणगंगाको डम्पीङ साइड भलवाडमा बन्न नदिने केहि युवाको संकेत

बाणगंगाको डम्पीङ साइड भलवाडमा बन्न नदिने केहि युवाको संकेत

कपिलवस्तु ५ असार ।
हाल सम्म बन्न नसकेको डम्पीङ साइड बन्न नदिन चलखेल शुरु भएको छ कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा रहेको फोहोर व्यवस्थापन चुनौती बन्दै गईरहेको बेला केहि दिन अगाडि भएको जग्गा छनौट भएको मा पुन विवाद खड्डा भएको छ । नगरपालिकामा बर्षौदेखि रहेको फोहोर ब्यवस्थापनको समस्या समाधानका लागि केही दिन अघि मात्र नगरपालिकाले वडा नः ९ मा डम्पीङ साइड निर्माण गर्ने गरि जग्गा छनौट गरेको थियो । जग्गा छनौट भएको दिनदेखि नै भलवाडका केही व्यक्ति तथा युवाहरुले यसको चर्को बिरोध गरेका छन् ।

नगरका सर्वदलिय राजनैतिक दल सहित नगर पदाधिकारीले टुंगो लगाएकोमा केही व्याक्तिले जग्गा छनौट गर्दा सो क्षेत्रलाई असर पुग्ने भन्दै भलवाडका राजनैतिक दलको नामबाट बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस भलवाडका अध्यक्ष दिपक थापाले स्थानियको सल्लाहविनानै नगरले निणर्य लिनु गलत भएको भन्दै उक्त स्थानमा कुनै हालतमा डम्पीङ साईड बन्न नदिने बताए ।

जसपा नेपालकाका नारायण खनालले वैकल्पिक ठाउँका विषयमा अध्यननका लागि आफुहरुले पनी सहयोग गर्ने बताए । ज्ञापन पत्र बुझदै मेयर मंगल प्रसाद थारुले २०७४ साल देखि नै जग्गा विवाद हुदाँ नगरको डम्पिसाईड बन्न नसकेको भन्दै विरोध भन्दा विकल्प दिन समेत थारुले सुझाव दिएका थिए ।

फोहार ब्यवस्थापनका लागी वडा नंं. ९ को पहलमा नमुना सामुदायिक बन क्षेत्रभित्रको जग्गा तोकीएको थियो । सो बनक्षेत्रमा जग्गा व्यवस्थापनका लागि सर्वदलिय सहित वनका पदाधिकारी नगरपालिकाको टिम लगाएतका सरोकारवालाले अध्ययन अवलोकन का साथै निणर्य नै गरेर निति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments