Home Breaking News खोप कार्यक्रम लाई सफल बनाउन हरेक प्रयास गर्ने : उपाध्यक्ष मौलाना...

खोप कार्यक्रम लाई सफल बनाउन हरेक प्रयास गर्ने : उपाध्यक्ष मौलाना मशहूद

कृष्णनगर, भाद्र २३

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भवनमा कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ फिल्ड आफिस, भैरहवाको सहयोगमा खोप सेवाको अवरोध विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्टी दुइ दिने कार्यक्रम सम्पन्न भएको छlकृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता तथा स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेय को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छlकार्यक्रममा बोल्दै प्रमुख अतिथि हेमराज पाण्डेय ले खोप सेवा सबैका लागि भएकाले यस्को उपयोग गर्न अपिल गर्नुभयोlकार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले खोपले जीवन रक्षा गर्न सहयोग गर्ने भएकाले खोप कार्यक्रम सफल पार्न सबैको जिम्मेवारी रहेको, कोभिड-१९ को संक्रमण अवस्था जटिलतामा बितिरहेको बताउदै केन्द्र सरकार र प्रदेश सरकार कृष्णनगर नगरपालिकाको विकासमा गम्भीरता पुर्वक लागेर नगरको विकास गर्न अनुरोध गर्नुभयोlकार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले मेरा पूर्खाहरूले अस्पताल संचालनका लागि साढे़ १० कट्ठा जग्गा दान गरेको स्मरण गराउदै आफूहरु खोप कार्यक्रम लाई सफल बनाउन हरेक प्रयास गर्ने बताउनुभयो lउक्त कार्यक्रममा खोपको महत्व, खोपको उपयोगिता, खोप उपयोगितामा समस्या र समाधानका उपायहरू लगायत अन्य बिषयमा सहभागी हरूमा छलफल गरि सुरुती नेपाल, सृजना पाठक, मोहन जोशी, शिव सुवेदी, नवीन सुबेदी तथा कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी विष्णु पौडेल , गिता भट्ट लगायतले कार्यक्रममा सहजकर्ता को भुमिका निर्वाह गर्नुभयोlकार्यक्रममा प्रहलाद पाण्डेय, घनश्याम चतुर्वेदी लगायत शिक्षक, स्वास्थ्यकर्मी, धर्मगुरु, महिला स्वयं सेविका, बच्चाका आमा, वडाध्यक्षहरू, वडासदस्य, नगरपालिका का कर्मचारी लगायातको उपस्थित रहेको थियो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments