About us

हाम्रा बारेमा


यो अनलाईन शुद्धोधन गाउँपालिका कपिलवस्तुको पहिलो र एक मात्र सञ्चार माध्यम हो । यो ठाऊँ बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धको गृह नगर तिलौराकोटको विचमा अवस्थित छ । एशियाका तारा महामानव गौतम बुद्धको जीवनी संग गाँसिएका थुप्रै ऐतिहासिक ठाउँ र ऐतिहासिकताको राजधानी लुम्बिनी प्रदेशको पूर्वी भागमा अवस्थित शुद्धोधन गाऊँपालिका वास्तवमा आज सम्म विकासमा पछाडी परेको छ । ठूला पहूँचवाला नेताको खासै ध्यान पुग्न नसकेका कारण पनि गाउँपालिका ओझेलमा परेको हो । त्यत्ति मात्रै होइन विपन्न मधेशी समुदायकोे बसोबासमा बाहुल्यता रहेकोले पछाडी परेको गाऊँपालिकालाई विकासको मूलधारमा ल्याउँदै गाऊँपालिका बासीको आँखामा आशाका किरणहरु पैदा गर्ने पावन उद्देश्यका साथ यो अनलाईनको प्रादुभाव भएको छ । सत्य सूचनाको सन्तुलित सम्प्रेषण गर्दै स्थानीय स्तरको प्रवद्र्धनमा योगदान पु¥याउने हाम्रो चेष्टामा यहाँहरुको पनि जरुर साथ रहनेछ भन्ने अपेक्षा छ । साथै यसै अनलाइनको आफ्नै अनलाईन टिभी पिस अनलाइन टिभीलाई हेरेर, क्रिया प्रतिक्रिया जनाएर र लाईक सस्क्राइब गरेर यो अभियानमा सरिक बनौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0